अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सहयोग, मेयर सिंहले प्रदान गरे १६ जनालाई जनही ५ हजार रुपैयाँ-

दीपेन्द्र प्रजापति /कालो झोला ।

बीरगंज , २८ माघ । अपाङ्गता भएका १६ बालबालिकालाई मेयर सिंहले प्रदान गरे जनही ५ हजार शैक्षिक सहयोग वीरगंज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ ।

‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत लाइफ नेपालले वीरगंज महानगरपालिकासँगको सहकार्यमा प्रत्येक बालबालिकालाई ५ हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरेको हो । महानगर क्षेत्रभित्रका १६ जना अपाङ्गता भएका बालबालिकालाई एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बालबालिकालाई सहयोग रकम हस्तान्तरण गर्दै अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु राज्य तथा समाज दुवैको दायित्व भएको बताउनुभयो ।

सोही क्रममा उहाँले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले महानगरले विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । यस्ता सहकार्यात्मक पहलले समावेशी शिक्षा प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जानकारी दिँदै लाइफ नेपालकी प्रतिनिधि कञ्चन कोइरालाले सेतो र पहेंलो परिचयपत्र प्राप्त गरेका बालबालिकालाई लक्षित गरी सहयोग प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार रातो र निलो परिचयपत्रधारी अपाङ्गता भएका व्यक्तिहरूले सरकारबाट मासिक भत्ता पाउने व्यवस्था भए पनि सेतो र पहेंलो कार्डधारीले आर्थिक सहयोग नपाउने अवस्था रहेको छ ।

सोही अवस्थालाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री, पोशाक तथा अन्य शैक्षिक आवश्यकताका लागि सहयोग उपलब्ध गराउँदै आएको उहाँले स्पष्ट पार्नुभयो ।सहयोग प्राप्त गर्ने १६ जना बालबालिकामध्ये ६ जना बालिका र १० जना बालक रहेका छन् ।

अभिभावकहरूले यस्तो सहयोगले बालबालिकाको पढाइलाई निरन्तरता दिन सहज हुने र थप हौसला मिल्ने बताएका छन् ।महानगर र गैरसरकारी संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमले अपाङ्गता भएका बालबालिकाको शिक्षा, समावेशिता र आत्मनिर्भरता प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 11 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 15 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 19 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 10 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 23 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि