अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

फगानिस्तानको राजधानी काबुलमा सोमबार चिनियाँ रेस्टुरेन्ट बाहिर भएको विस्फोटमा एक चिनियाँ नागरिक सहित सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता खालिद जरदानका अनुसार राजधानीको शहर-ए-नाउ क्षेत्रमा भएको विस्फोटमा मारिनेहरूमा एक चिनियाँ नागरिक र छ अफगानी नागरिकहरू छन् ।

विस्फोटपछि चार महिला र एक बच्चा सहित २० जना घाइतेलाई अस्पताल लागिएको बताइएको छ । मृतक चिनियाँ नागरिक मुस्लिम भएको र आफ्नी श्रीमती र एक अफगानी सहकर्मीसँग मिलेर चिनियाँ चाउचाउ रेस्टुरेन्ट चलाइरहेको बताइएको छ । विस्फोट उनकै रेस्टुरेन्ट नजिकै भएको थियो ।

अर्कोतर्फ, अतिवादी संगठन इस्लामिक स्टेट आइएसआइएसले यो विस्फोटको जिम्मेवारी लिएको छ ।

  • Related Posts

    न्युयोर्कको एम्पायर स्टेट भवनको चुचुरोमा पुगे प्रेमी जोडी, दुवै पक्राउ

    काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध एम्पायर स्टेट भवनको चुचुरोमा सुरक्षा व्यवस्था छल्दै एक प्रेमी-प्रेमिका जोडी पुगेपछि उनीहरू पक्राउ परेका छन् । दुवैले भवनको माथिल्लो भागमा पुगेर ‘जब प्रेमको शक्ति सत्ताप्रतिको…

    विश्वकप जितको उत्सव मनाउदा तीन जनाको मृत्यु

    काठमाडौँ । फिफा विश्वकप फुटबलमा इक्वेडरमाथि मेक्सिकोको ऐतिहासिक जितपछि भएको विजय उत्सवका क्रममा भीडमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 54 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 67 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 27 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम