दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १९ असार । नेपाल भोजपुरी समाजले वीरगञ्जको चिल्ड्रेन मा बिमा भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष ध्रुव सिंह ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ७ का सुशान्त मण्डल मौलिक गीति कलामा प्रथम एवम् कक्षा ८ की स्नेहा साह बक्तृत्वकलामा प्रथम भएको कार्यक्रमका निर्णायक स्थानिय कलाकार अजमत अलि अंसारीले जानकारी दिनु भयो ।

यसै बिच, भोजपुरी शब्दकला बिषयक रोमाञ्चक प्रतियोगीतामा अधिकांश विद्यार्थी सहभागी भएको नेपाल भोजपुरी समाजका सल्लाहाकार मनोज कुमार मिश्रले बताए । उक्त प्रतीयोगीता चिल्ड्रेन मा बिका संचालक तथा प्र. अ. सुमन दास एवम् सिम्रन दासको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा शिक्षिका रोसनी साह, मुस्कान अग्रवाल तथा शिक्षक नरेन्द्र चौरसियाले सहयोग गरेका थिए । नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी तथा अजमतअलि अंसारीको गीति प्रस्तुतीले विद्यार्थीहरु निकै उत्साहित भएका थिए ।








