दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १९ असार । श्री नृसिंह माध्यमिक विद्यालय, पिप्रा, बीरगंज नजिक बाट बिहीबार दिउँसो करिब ३:०० बजेको समयमा एक जना युवकको बाईक हराएको कुरा पिडितले बताएका छन् ।
सर्लाही जिल्लाको बलरा-१० बस्ने राहुल कुमार कुशवाहा विद्यालय बाट जाँच दिएर निस्कदा आफ्नो २०० सीसीको मधेश प्रदेश ०३ ०३६ प ८६१९ नम्बरको पल्सर एनएस बाईक नदेखिए पछि तत्कालै प्रहरीमा सम्पर्क गरेका थिए ।
बीरगंजमा यस्ता बाईक चोरीको घटना कुनै नौलो पनि नरहेको ले स्थानिय प्रहरी प्रशासन पनि यस्ता गतिविधि गर्ने चोरहरु माथि पनि अझ सशक्त कदम चाल्नु पर्ने देखिएको छ ।








