अफगानिस्तान भारतका लागि छद्म युद्ध लडिरहेको छ- पाकिस्तानी रक्षामन्त्री

काठमाडौँ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तानसँगको युद्धविराम लामो समयसम्म रहने विश्वास नगर्ने बताएका छन् । 

रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तान हाल भारतको लागि छद्म युद्ध लडिरहेको आरोप पनि लगाए । काबुलमा पाकिस्तानको कथित हवाई हमलाको बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भने- ‘म यसको बारेमा धेरै कुरा गर्दिन, तर हामीसँग अफगानिस्तानको कुनै पनि भागमा बम विस्फोट गर्ने क्षमता छ । यदि तिनीहरूले यो युद्ध बढाए भने, हामी पूर्ण शक्तिका साथ जवाफ दिनेछौं ।’

केहि दिन सीमा भएको तनावपछि पाकिस्तान र अफगान तालिबान दुवैले बुधबार ४८ घण्टाको युद्धविरामको घोषणा गरेका थिए ।

पाकिस्तानले अफगान तालिबानको अनुरोधमा युद्धविराम लागू गरिएको बताए पनि अफगान तालिबानका प्रवक्ताले पाकिस्तानको अनुरोधमा युद्धविराम लागू गरिएको बताएका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    काठमाडौँ । पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री सादियो कैमारा आत्मघाती ट्रक विस्फोटमा मृत्यु भएको छ । रक्षामन्त्री कैमारा परिवारका अनुसार राजधानी बमाको नजिकै रहेको आफ्नै निवासमा भएको आत्मघाती ट्रक विस्फोटमा…

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची फेरि पाकिस्तानको राजधानी इस्लामाबाद फर्किएका छन् । दुई दिनभित्र यो उनको दोस्रो भ्रमण हो । यस क्रममा उनले पाकिस्तानी नेताहरूसँग भेटवार्ता गर्नेछन् । इस्लामाबादमा…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 32 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 29 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 23 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 35 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 34 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 24 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का