अफगानिस्तान र पाकिस्तान सीमामा फेरि हिंसात्मक झडप

 अफगानिस्तान र पाकिस्तान सीमामा फेरि हिंसात्मक झडप सुरु भएको छ । बुधबार भएको संघर्षमा कम्तीमा दुई सर्वसाधारणको ज्यान गएको र आठ जना घाइते भएका अफगान अधिकारीहरूले जनाएका छन्। पाकिस्तानतर्फ पनि एक नागरिक मारिएको स्थानीय सञ्चारमाध्यामले जनाएका छन् ।

ईदको अवसरमा दुवै देशबीच पाँच दिनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको थियो। तर मार्च २५ मा युद्धविराम सकिएसँगै पुनः झडप सुरु भएको हो ।

अफगान पक्षका अनुसार युद्धविराम समाप्त भएपछि पाकिस्तानी सेनाले नरई र सरकानो क्षेत्रमा दर्जनौँ तोप प्रहार गरेको थियो । त्यसको जवाफमा अफगान सीमाबलले पनि गोलीबारी गर्दै तीन पाकिस्तानी सैन्य चौकी ध्वस्त पारेको दाबी गरिएको छ ।

करिब एक साताअघि साउदी अरब, टर्की र कतारको पहलमा दुवै देशले लडाइँ रोक्ने सहमति गरेका थिए । तर त्यसअघि नै पाकिस्तानले मार्च १७ को रात अफगानिस्तानभित्र हवाई आक्रमण गरेको थियो ।

अफगान तालिबान सरकारले ती आक्रमणमा काबुलस्थित लागूऔषध पुनःस्थापना केन्द्रलाई निशाना बनाइएको र ठूलो मानवीय क्षति भएको दाबी गरेको छ । तर पाकिस्तानले भने नागरिकलाई लक्षित नगरिएको भन्दै हतियार भण्डारणस्थलमा मात्रै आक्रमण गरिएको जनाएको छ ।

यसबीच पाकिस्तान तालिबान भनेर चिनिने तेहरिक ए तालिबान पाकिस्तानले पनि आफ्नो तीन दिने युद्धविराम सकिएपछि पाकिस्तानभित्र फेरि आक्रमण सुरु गरेको जनाएको छ । सन् २०२१ मा अफगान तालिबान सत्तामा आएपछि उक्त समूहले पाकिस्तानमा आक्रमण बढाउँदै आएको छ ।

पाकिस्तानले अफगानिस्तानमाथि उक्त समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । तर अफगान पक्षले यसलाई अस्वीकार गरेको छ । पाकिस्तानले भने आफ्नो भूमिमा हुने आक्रमण रोक्न आवश्यक परे अफगानिस्तानभित्रै कारबाही जारी राख्ने चेतावनी दिएको छ ।

यसैबीच पाकिस्तानले भारतमाथि पनि आतंकवादी गतिविधिलाई सहयोग गरेको आरोप दोहोर्‍याएको छ । तर भारत र अफगानिस्तान दुवैले यस्तो आरोप अस्वीकार गर्दै पाकिस्तानभित्रका घटना आन्तरिक विषय भएको बताएका छन् । दुवै देशबीच आरोप–प्रत्यारोप बढ्दै जाँदा सीमाक्षेत्रको अवस्था झन् तनावपूर्ण बन्दै गएको छ ।

  • Related Posts

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    काठमाडौँ । चीनमाथि विभिन्न देशको जासुसी गरेको आरोप लाग्दै आएका बेला अहिले फेरि नयाँ दाबी सार्वजनिक भएको छ । एक स्वतन्त्र ब्लगरले चीनको सेनाका उच्च अधिकारीले विशेष कार्यक्रममा एलन मस्कसहित…

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौँ । भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढाइएको छ । शनिबार पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल प्रतिलिटर ९१ पैसा महँगो बनाइएको हो । भारतीय समाचार संस्था पिटिआईका अनुसार…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 41 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 33 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 47 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 58 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 55 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ