अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण

काठमाडौँ । अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा लक्ष्यमा आक्रमण गरेको बताएको छ । यमनको चार प्रान्तमा आक्रमण भएको इरान समर्थित अल मसीरा टेलिभिजन नेटवर्कले जनाएको छ ।

हुथीहरूको जहाज आक्रमण गर्ने क्षमतालाई रोक्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र बेलायतले बारम्बार आक्रमणहरू गरिरहेका छन् तर, लाल सागर र एडनको खाडी पार गर्ने व्यापारिक जहाजमा विद्रोहीको आक्रमण जारी छ ।

मध्यपूर्वमा अमेरिकी सेनाका लागि जिम्मेवार सैन्य कमान्डले सामाजिक सञ्जालमा भनेको छ, “अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) सेनाले आज यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा हुथी लक्ष्यमा आक्रमण गरेको छ । यी लक्ष्यमा हुथी आक्रामक सैन्य क्षमताहरू रहेका थिए”, सेन्टकमले भने “नेभिगेसन स्वतन्त्रताको रक्षा गर्न र अन्तर्राष्ट्रिय जललाई अमेरिका, गठबन्धन र व्यापारिक जहाजका लागि सुरक्षित बनाउनका लागि यो आक्रमण गरिएको हो ।”

हुथी समूहले गाजायुद्धको समयमा प्यालेस्टिनीसँग एकताको संकेत गर्ने उद्देश्यले नोभेम्बरदेखि नै विश्वव्यापी रूपमा महत्त्वपूर्ण जलमार्गमा समुद्री यातायातमा बाधा पुर्‍याउने लक्ष्यले इजरायलसँग जोडिएका जहाजमा आक्रमण गर्दै आएका छन् । हुथी आक्रमणको जवाफमा इजरायलले पनि यमनमा आक्रमण गरेको छ। विद्रोहीहरूले इजरायलको बेन गुरियन विमानस्थलमा आक्रमण गरेको बदलामा गत महिना होदेइडामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो।

  • Related Posts

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    काठमाडौँ । चीनमाथि विभिन्न देशको जासुसी गरेको आरोप लाग्दै आएका बेला अहिले फेरि नयाँ दाबी सार्वजनिक भएको छ । एक स्वतन्त्र ब्लगरले चीनको सेनाका उच्च अधिकारीले विशेष कार्यक्रममा एलन मस्कसहित…

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौँ । भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढाइएको छ । शनिबार पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल प्रतिलिटर ९१ पैसा महँगो बनाइएको हो । भारतीय समाचार संस्था पिटिआईका अनुसार…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 35 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 42 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 50 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ