अलौंमा कब्रगाह पर्खाल निर्माणको महानगर प्रमुख सिंह द्वारा शिलान्यास-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १७ जेष्ठ । वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत अलौंस्थित मुस्लिम समुदायको कब्रगाहमा वाउन्ड्रीवाल निर्माण कार्यको शिलान्यास गरिएको छ। करीब ५० लाख रुपैयाँको लागतमा निर्माण हुने यो संरचनाले कब्रगाहको सुरक्षा, संरक्षण तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रम वीरगंज महानगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा बोल्दै प्रमुख सिंहले वीरगंजलाई सांस्कृतिक, धार्मिक र जातीय विविधताको प्रतिकको रूपमा उल्लेख गर्दै भन्नुभयो, “यहाँका सबै धर्म र समुदायको आस्था र परम्पराको संरक्षण हाम्रो साझा दायित्व हो। कब्रगाहको वाउन्ड्रीवाल निर्माण केवल संरचनात्मक कार्य होइन, यो धार्मिक सम्मान, सामाजिक सद्भाव र नागरिक जिम्मेवारीप्रति महानगरको गम्भीर प्रतिबद्धता हो ।”

उहाँले थप भन्नुभयो, “विगतमा खुला अवस्थामा रहेको कब्रगाहमा अतिक्रमण, फोहोर र असुरक्षाको समस्या देखिँदै आएको थियो। पर्खाल निर्माणपछि यसको व्यवस्थापन व्यवस्थित हुने विश्वास लिइएको छ। महानगरले धार्मिक सहिष्णुता र सामाजिक समावेशीतालाई प्राथमिकतामा राखेर यस्ता संरचनात्मक सुधारका कामहरू आगामी दिनमा पनि निरन्तरता दिनेछ ।

”शिलान्यास कार्यक्रममा योजना प्रमुख अवधेश कुश्वाहा, प्रमुखको प्राविधिक सल्लाहकार प्रकाशमान अमात्य, इन्जिनियर प्रकाश अधिकारी, स्थानीय मुस्लिम समुदायका अगुवा तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।स्थानिय बासिन्दा तथा समुदायका प्रतिनिधिहरूले महानगरको यस पहललाई स्वागत गर्दै यसले धार्मिक स्थापनाहरूको संरक्षणसँगै सामाजिक एकता र सहकार्यको सन्देश दिएको प्रतिक्रिया दिएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 30 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि