दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०४ असार । ईलाका प्रहरी कार्यालय, पोखरीया तथा प्रहरी चौकी, मिर्जापुर ले विशेष सूचनाको आधारमा बुधबार राति करिब ०९:१० बजेको समयमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ०१, मिर्जापुर बाट ३ सय ७० किलो ग्राम प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले दिइएको जानकारी अनुसार उक्त राति त्यहाँ बाट खटिएको संयुक्त प्रहरी टोलीले उल्लेखित स्थान स्थित पानी नभएको नहरको खाल्डो झाडीमा ती गाँजा बेवारिसे अवस्थामा रहेको थियो ।
बरामद गरीएको गाँजा २५ वटा पोका प्लाष्टिक सहित ३ सय ७० के. जी. लुकाई छिपाई राखेको अवस्थामा फेला पारी रीतपूर्वक बरामद गरि उक्त लागु औषध संग सम्बन्धित व्यक्तिहरुको खोजी तथा अनुसन्धान कार्य भैरहेको समेत जानकारी आज दिनु भएको छ ।







