असोज मसान्तसम्म सुरक्षा निकायका हतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लागेका हतियार फिर्ता गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सुचना जारी गर्दै असोज मसान्तसम्म सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना फिर्ता गर्न आग्रह गरेको छ । साथै मन्त्रालयले असोज मसान्तपछि कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानून बमोजिम कारवाही हुने चेतावनी दिएको छ । 

मन्त्रालयले भनेको छ:

जेनजी पुस्ताद्वारा मिति २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाण्डौ लगायत मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना कहीं कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा २०८२ असोज मसान्तसम्म बुझाउनुहुन अनुरोध गरिन्छ। यसरी सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने समेत सबैमा अनुरोध छ । सो मिति पश्चात् कोही कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 35 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 42 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 51 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ