अस्ट्रेलियाले सामाजिक सञ्जाल कम्पनीलाई कारवाही गर्ने

अष्ट्रेलियाको अनलाइन सुरक्षा निकायले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न नरोकेको भन्दै ठूला सामाजिक सञ्जाल प्लेटफर्मविरुद्ध अदालत जाने तयारी गरेको छ । यसमा फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युब जस्ता प्लेटफर्म रहेका छन् ।

अष्ट्रेलियामा १० डिसेम्बर २०२५ देखि लागू भएको कानुनअनुसार १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा खाता राख्न पूर्ण प्रतिबन्ध गरिएको छ । तर सम्बन्धित कम्पनीहरूले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगरेको आरोप लागेको छ ।

अनलाइन सुरक्षा आयुक्त जूली इम्मान ग्रान्टले कानुन लागू भएपछि पहिलो अनुपालन प्रतिवेदन सार्वजनिक गर्दै सामाजिक सञ्जाल कम्पनीहरूलाई सबै बालबालिकाका खाता हटाउन निर्देशन दिएकी थिइन् ।

प्रतिवेदनअनुसार हालसम्म करिब ५० लाख अष्ट्रेलियाली खाताहरू निष्क्रिय बनाइएको छ। तर अझै धेरै बालबालिकाका खाता सक्रिय रहेको र उनीहरूले नयाँ खाता समेत बनाइरहेको पाइएको छ । उमेर प्रमाणीकरण प्रणालीलाई बालबालिकाले सजिलै छल्ने गरेको उल्लेख गरिएको छ । ग्रान्टले विशेषगरी केही ठूला प्लेटफर्महरूको कार्यान्वयनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

उता सञ्चार मन्त्री अनिका वेल्सले केही सामाजिक सञ्जाल कम्पनीहरूले जानाजानी कानुन पालना नगरेको आरोप लगाएकी छन् । उनका अनुसार ती कम्पनीहरूले न्यूनतम प्रयास मात्र गरिरहेका छन् ताकि यस्तो कानुन सफल नहोस् । उनले यदि यस्तो नियम अन्य देशहरूले पनि अपनाए भने सामाजिक सञ्जाल कम्पनीहरूलाई ठूलो असर पर्न सक्ने भएकाले उनीहरू यसलाई असफल बनाउन चाहिरहेको आरोप लगाएकी छन् ।

यदि अदालतले कम्पनीहरूले चरणबद्ध रूपमा कानुन पालना नगरेको ठहर गरेमा ४ करोड ९५ लाख अष्ट्रेलियाली डलरसम्म जरिवाना हुन सक्ने प्रावधान छ ।

सुरक्षा निकायले आगामी जुनसम्म कुन-कुन कम्पनीविरुद्ध मुद्दा दायर गर्ने भन्ने निर्णय गर्ने जनाएको छ । हाल भने रेडिट, एक्स, किक, थ्रेड्स र ट्विचविरुद्ध तत्काल कुनै कारबाही अघि बढाइएको छैन ।

  • Related Posts

    ओरेकलले एकैपटक हटायो करिब ३० हजार कर्मचारी

    अमेरिकी प्रविधि कम्पनी ओरेकलले करिब ३० हजार कर्मचारीलाई एकैपटक जागिरबाट हटाएको छ । तीमध्ये करिब १२ हजार कर्मचारी भारतका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले अर्को चरणको कटौती पनि…

    होर्मुज क्षेत्रमा तनाव बढ्दै जादा इन्टरनेटमा समेत असर पर्ने जोखिम !

    अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण होर्मुज जलडमरु क्षेत्र प्रभावित हुँदा अब विश्वभर इन्टरनेट सेवामा समेत असर पर्ने जोखिम देखिएको छ । यो क्षेत्रबाट विश्वको करिब २० प्रतिशत कच्चा…

    पहिलो

    नेशनल मेडिकल कलेज द्वारा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन सम्पन्न-

    • April 4, 2026
    • 101 views
    नेशनल मेडिकल कलेज द्वारा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन सम्पन्न-

    गौरीघाटमा भव्य रूपमा मनाइँयो हनुमान जयन्ती, विशेष आरती र धार्मिक कार्यक्रम आयोजना

    • April 3, 2026
    • 24 views
    गौरीघाटमा भव्य रूपमा मनाइँयो हनुमान जयन्ती, विशेष आरती र धार्मिक कार्यक्रम आयोजना

    धुलिखेल-खावा सडकखण्ड चैत्र ३० गतेसम बन्द हुने

    • April 3, 2026
    • 21 views
    धुलिखेल-खावा सडकखण्ड चैत्र ३० गतेसम बन्द हुने

    प्रधानमन्त्री बालेनको गण्डकी प्रदेशका सांसदहरुसँग छलफल

    • April 3, 2026
    • 21 views
    प्रधानमन्त्री बालेनको गण्डकी प्रदेशका सांसदहरुसँग छलफल

    म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ राष्ट्रपतिमा चयन

    • April 3, 2026
    • 22 views
    म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ राष्ट्रपतिमा चयन

    आइपिएल खेल्न नपाएपछि अदालत गए खेलाडी !

    • April 3, 2026
    • 21 views
    आइपिएल खेल्न नपाएपछि अदालत गए खेलाडी !