मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो 

काठमाडौँ । आज बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । 

सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा भाग लिन उर्जामन्त्री कुलमान घिसिङलाई पठाउन स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका छन् ।

त्यस्तै मन्त्रिपरिषदले जेनजी आन्दोलनमा घाइतेलाई परिचयपत्रको व्यवस्था गृहमन्त्रालयले गर्ने निर्णय गरेको छ भने आन्दोलनका घाइतेको पुन उपचारको व्यवस्था गर्न देशभर जेनजी क्लिनिक खोल्ने र एम्बुलेन्सको सहजीकरण गर्ने निर्णय गरेको छ । त्यस्तै घाइते भएकाको बर्गिकरण गर्न प्राविधिक समिति बनाउने र तत्काल कार्य गर्ने निर्णय गरेको छ । बर्गिकरणपछि घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय भएको छ ।

मुग्लिनदेखि पोखरा जाने बाटोमा मर्स्याङ्दी जलविद्युतसम्म गोरखापट्टि सडक खोल्न ३० मिटर सदर गर्ने निर्णय गरेको छ ।   

त्यसैगरी प्रधामन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिल्सिनालाई नियुक्त गरेको मन्त्री खरेलले जानकारी दिए ।

  • Bishnu Timalsina

    Related Posts

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक…

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 31 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 28 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 27 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 30 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 30 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 32 views
    आजको राशिफल