आप्रवासी बालबालिकालाई ग्वाटेमाला पठाउन अमेरिकी अदालतको रोक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतबाट लगातार झट्का लाग्दै आएको छ । 

आइतबार एक अमेरिकी न्यायाधीशले ट्रम्प प्रशासनलाई आफ्नो परिवार बिना सीमा पार गरेर अमेरिका फर्किएका ग्वाटेमालाका बालबालिकालाई देश निकाला गर्नबाट अस्थायी रूपमा रोक लगाएका छन् । 

अमेरिकी कानूनले आप्रवासी बालबालिकालाई विशेष सुरक्षा दिने भएपनि बालबालिकालाई विमानमा राखेर रातारात फिर्ता पठाइएको विषयमा दायर भएको रिटमान न्यायाधीशले त्यस्तो गर्न रोक लगाएका हुन् ।

वाशिंगटनका एक संघीय न्यायाधीशले यी बालबालिकालाई कम्तिमा १४ दिनसम्म देश निकाला गर्न नसकिने आदेश दिए । आइतबार भएको द्रुत सुनुवाइपछि न्यायाधीशले बालबालिकालाई विमानबाट निकालेर कानुनी प्रक्रिया पूरा नभएसम्म फेरि शरणार्थी पुनर्वास केन्द्र कार्यालयहरूमा राख्नुपर्ने आदेश दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

न्यायाधीश स्पार्कल एल. सुकाननले भने- ”म यसबारे कुनै भ्रम नहोस् भन्ने चाहन्छु।’ उनले स्पष्ट पारिन् कि यो आदेश आमाबाबु वा अभिभावक बिना अमेरिका आइपुगेका सबै ग्वाटेमालाका नाबालिगहरूमा लागू हुन्छ ।

यसैबीच, सरकारी वकिलहरूले बच्चाहरूलाई देश निकाला नगरिएको दाबि गरेका थिए ।

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 40 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 29 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 47 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 35 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 197 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-