इरानले आणविक हतियार विकास गर्दैन तर युरेनियम सम्बर्धन कार्यक्रम रोक्दैन- खामेनी

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानको आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएको बताएका छन् ।

खामेनीले आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएपनि ‘युरेनियम सम्बर्धन; कार्यक्रम भने नरोकिने बताएका हुन् ।

इरानी रेडियो र टेलिभिजनमा प्रसारित भाषणमा खामेनीले इरानी राष्ट्रको एकता, युरेनियम समृद्धि र अमेरिकासँगको सम्बन्धका बारेमा जोड दिएका थिए । उनले भने- ‘अमेरिकासँग वार्ताको कुनै फाइदा छैन, बरु हानिकारक छ । धम्की पाएपछि कुनै पनि देशले वार्ता गर्दैन ।’

इरानको आणविक उद्योग र समृद्धि बन्द गर्ने बारे अमेरिकाको भनाइलाई उल्लेख गर्दै खामेनीले इरानी जनताले यस्ता बयान दिने कसैलाई पनि नसहने बताए । आफ्नो भाषणको क्रममा खामेनीले इरानसँग आणविक हतियार नभएको र भविष्यमा पनि विकास नगर्ने स्पष्ट गरेका थिए ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 82 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 75 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 128 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 143 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views