ईदको अवसरमा नेशनल मेडिकल कलेज द्वारा गरिब तथा अनाथ बालबालिकाहरुलाई नयाँ कपडा वितरण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, १३ चैत । हरेक वर्ष झैं यस वर्ष पनि वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजले ईदको अवसरमा आज पर्सा र बाराका विभिन्न एतिमखाना (अनाथालय) र मदरसामा अध्ययनरत गरिब तथा अनाथ छात्रछात्राहरुलाई नयाँ कपडा वितरण गरेको छ ।

रमजान महिनाको अन्त्यमा मनाइने ईद उल-फित्र पर्वमा नयाँ कपडा लगाउने चलन रहेकाले आर्थिक रूपमा कमजोर बालबालिकाले पनि यो पर्व हर्षोल्लासका साथ मनाउन सकून् भन्ने उद्देश्यले कलेजले यस्तो सामाजिक पहल गर्दै आएको छ ।

कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीका अनुसार, “ईदको दिन कोही पनि दुःखी नहोस् भन्ने सोचका साथ हामीले गरिब तथा अनाथ बालबालिकालाई नयाँ कपडा वितरण गर्दै आएका छौं । यसले उनीहरूको अनुहारमा खुसी ल्याउने हाम्रो प्रयास हो ।”

यस पटक पर्सा र बाराका ९ वटा एतिमखाना तथा मदरसाका करिब ५ सय जना छात्रछात्रा लाई पुग्ने गरी कुर्ता–पाइजामा को कपडा वितरण गरिएको कलेजका एडमिसन तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अंसारीले जानकारी दिए ।

यस सामाजिक कार्यले आर्थिक रूपमा विपन्न बालबालिकालाई पनि पर्वको उमंग महसुस गराउने मात्र नभई, समुदायमा सहयोग र सद्भावको भावना बढाउन महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 17 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 22 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि