उज्यालो नेपाल पार्टी द्वारा पर्सा निर्वाचन क्षेत्र नं. २ बाट युवा उम्मेदवार प्रजापति लाई टिकट प्रदान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०६ माघ । उज्यालो नेपाल पार्टीले पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि युवा उम्मेदवार सीए कृष्ण मुरारी प्रजापतिलाई औपचारिक रूपमा टिकट प्रदान गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २६ निवासी प्रजापतिलाई पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको हो ।

उक्त टिकट वितरण कार्यक्रम उज्यालो नेपाल पार्टी पर्सा जिल्ला अध्यक्ष रामबाबु प्रसाद यादव तथा केन्द्रीय सदस्य रणधिर कुमार वर्णवालको रोहबरमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पार्टी नेतृत्वले युवाको सक्रिय सहभागिता, व्यावसायिक योग्यता र इमानदार राजनीतिलाई अघि बढाउने उद्देश्यका साथ सीए प्रजापतिलाई उम्मेदवार बनाइएको स्पष्ट पारेको छ । पार्टीका नेताहरूले पर्सा क्षेत्र नं. २ मा विकास, सुशासन र जनमुखी राजनीति आवश्यक रहेको बताउँदै युवा उम्मेदवार मार्फत नयाँ सोच र ऊर्जा जनतामाझ लैजाने विश्वास व्यक्त गरेका छन् ।

टिकट प्राप्त गरेपछि सीए कृष्ण मुरारी प्रजापतिले उज्यालो नेपाल पार्टीको नीति, सिद्धान्त र जनअपेक्षालाई केन्द्रमा राखेर निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन् । उज्यालो नेपाल पार्टीले यस निर्णयलाई युवामैत्री र परिवर्तनमुखी राजनीतितर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २४ जेठ । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 67 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 23 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 38 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 30 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 29 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 33 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची