उत्तर कोरियासँगको सन्धिले आक्रामकताको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्छ– पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमलाई स्पष्टरूपमा चेतावनी दिँदै उत्तर कोरिया र रुसबीच हस्ताक्षरित नयाँ सन्धिको पक्ष मुलुकले आक्रामकताको सामना गरेको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्ने बताउनुभएको छ । उत्तर कोरियाले युक्रेनमा प्रयोगका लागि रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाउने पश्चिमी मुलुकहरूसँग मस्कोले सम्बन्ध तोडेको छ । मस्कोको युक्रेन आक्रमणको दुई वर्षभन्दा बढी समयमा पुटिनले उत्तर कोरियाको भ्रमण गर्नुभएको छ ।

“आज हस्ताक्षरित व्यापक साझेदारी सन्धिले यस सन्धि पक्षहरूमध्ये कुनै एकविरुद्ध आक्रामकताको अवस्थामा पारस्परिक सहयोग प्रदान गर्दछ”, पुटिनले भन्नुभयो, “यो अग्रणी दस्तावेज हो र यसले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने छ ।” पुटिनले उत्तर कोरियासँग ‘सैन्य–प्राविधिक सहयोग’ लाई पनि अस्वीकार गर्नुभएन र युक्रेनमा मस्कोको काममा समर्थनका लागि उत्तर कोरियालाई धन्यवाद दिनुभयो ।

रुसी समाचार एजेन्सीहरूले किमलाई उद्धृत गर्दै सन्धि ‘रक्षात्मक’ भएको बताएका छन् । उहाँले उत्तर कोरियाको ‘सबैभन्दा प्यारो मित्र’ का रूपमा पुटिनको प्रशंसा गर्नुभयो ।

रुस अहिले उत्तर कोरियासँगै विश्वमा सबैभन्दा धेरै प्रतिबन्ध भएको मुलुकहरूमा सामेल भएको समयमा पुटिनको भ्रमण भएको छ । पुटिनले लामो समयदेखि मस्को र प्योङयाङ पश्चिमी प्रतिबन्धहरूको ‘दमन’ को विरोध गर्न एकसाथ खडा हुने बताउनुभयो ।

“रुस र कोरियाको स्वतन्त्र विदेश नीति छ र उनीहरू ब्ल्याकमेल तथा तानाशाहीको भाषालाई सहन सक्तैनन्”, उहाँले भन्नुभयो, “हामीले राजनीति, अर्थतन्त्र र अन्य क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्ने उद्देश्यका साथ पश्चिमले प्रयोग गर्ने साधनका रूपमा दमनकारी प्रतिबन्ध अभ्यासको विरोधलाई निरन्तरता दिनेछौँ ।” उहाँले विश्वमा सबैभन्दा दमनकारीमध्येको एक उत्तर कोरिया शासनमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको पुनः जाँच हुनुपर्ने बताउनुभयो ।

“उत्तर कोरियाप्रति राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिका र उसका सहयोगीहरूद्वारा प्रेरित अनिश्चितकालीन प्रतिबन्धात्मक शासनको समीक्षा गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । यसै वर्षको प्रारम्भमा उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धहरूको आधिकारिक राष्ट्रसङ्घीय अनुगमनलाई प्रभावकारीरूपमा आफ्नो भिटो शक्तिको प्रयोग गरेपछि पुटिनको उक्त टिप्पणी आएको हो । उक्त कदम प्योङयाङका लागि ठूलो जित थियो ।

यसैबीच राष्ट्रपति पुटिनले मस्को र प्योङयाङले ‘अमेरिकी आधिपत्य’ विरुद्ध लडिरहेको बताउनुभएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले दुई मुलुकबीचको साझेदारीले एसिया–प्रशान्त क्षेत्रमा ‘शान्ति र स्थायित्व’ लाई अगाडि बढाएको दाबी गर्नुभएको छ ।

पुटिन दुर्लभ राजकीय भ्रमणका क्रममा उत्तर कोरियामा हुनुहुन्थ्यो । त्यहाँ दुवै नेताले सैन्य, आर्थिक र राजनीतिक सम्बन्धलाई अझ गहिरो बनाउन ‘व्यापक रणनीतिक साझेदारी’ मा हस्ताक्षर गर्नुभयो । “आज हामी संयुक्त राज्य अमेरिका र उसका उपग्रहरूको आधिपत्यवाद र नव–उपनिवेशवाद अभ्यासविरुद्ध एकसाथ लडिरहेका छौँ”, पुटिनलाई उद्धृत गर्दै रुसी राज्य समाचार एजेन्सीहरूले भनेका छन् ।

किमले दुई मुलुकबीच हस्ताक्षरित सन्धिलाई भव्य, महान कार्यक्रम भन्दै सन्धिले इमान्दारीपूर्वक एक शताब्दीका लागि कोरियाली–रुसी सम्बन्धलाई प्रत्याभूति दिने बताउनुभयो । “यसले क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न पूर्णरूपमा योगदान दिनेछ र दुवै मुलुकको सुरक्षा स्थितिलाई अझ धेरै विश्वसनीय आधारमा स्थापित गर्नेछ”, किमलाई उद्धृत गर्दै रुसी राज्य समाचार एजेन्सीहरूले भनेका छन् ।

मस्को र प्योङयाङबीच बढ्दो गठबन्धनले दक्षिण कोरियाका साथै पश्चिम र युक्रेनमा चिन्ता उत्पन्न गरेको छ । अमेरिका र उसका सहयोगीहरूले उत्तर कोरियामाथि युक्रेनमा आक्रमण गर्नका लागि रुसलाई गोलाबारुद र क्षेप्यास्त्रहरू उपलब्ध गराएको आरोप लगाएका छन् । किएभले युद्धको मैदानमा उत्तर कोरियाली गोलाबारुदको टुक्रा फेला परेको सूचना दिएको छ । पुटिनले पछिल्लो पटक २४ वर्षअघि उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो ।

  • Related Posts

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 126 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 33 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 34 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 33 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 31 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 32 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल