पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट महता सहभागी हुने

काठमाडौँ, ५ असार । पारा तेक्वान्दो खेलाडी भरतसिंह महता वाइल्ड कार्ड कोटामार्फत फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ मा सहभागी हुने भएका छन् ।

पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ किलोमुनिको तौल समूहमा महता नेपालबाट सहभागी हुने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार उक्त तौल समूहमा जम्मा १२ खेलाडी रहने छन् ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–८ का २७ वर्षीय महता विगत १८ महिनादेखि राष्ट्रिय टोलीमा रहेर अभ्यास गर्दै आएका छन् । महतासँग हालसम्म दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनको ताइयानमा गत वर्ष चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा यसै वर्ष जेठ ६ गते भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका महता सेमिफाइनलमा मङ्गोलियाका खेलाडीसँग पराजित भएका थिए । उक्त प्रदर्शनपछि महता विश्व बरियताको ८१औँ स्थानमा पुगेका थिए । त्यसअघि उनी बरियताविहीन थिए । भियतनाममा पनि महताले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका उनले दोश्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए । भियतनामको प्रदर्शनपछि महता विश्व बरियताको ५८औँ स्थानमा उक्लिएको प्रशिक्षक लामाले जानकारी दिए । अहिले उनी ५८औँ स्थानमा कायम छन् ।

महतासँगै पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको सङ्ख्या दुई पुगेको छ । पेरिस पारालिम्पिकमा पलेशा गोवद्र्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट भएकी हुन् ।

चीनको ताइयानमै भएको एसियाली छनोटको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् । चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कास्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा सहभागी बन्ने पहिलो नेपाली खेलाडी बन्दै छिन् ।

  • Related Posts

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    काठमाडौं । सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार,  कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 126 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 33 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 34 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 33 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 31 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 32 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल