उपस्थित नहुने प्रतिनिधिहरुलाई अनलाइन मार्फत मतदानको व्यवस्था गर्न एनआरएनएलाई परराष्ट्रको निर्देशन

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले संघलाई पत्र लेख्दै  भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत निर्वाचन मतदानको व्यवस्था गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले पत्रमा भनेको छ- ‘गैरआवासीय नेपाली संघको विधान २००३ (संसोधन २०२२) को दफा १४ र सोही विधानको दफा २१.१० मा व्यवस्था भए बमोजिम “निर्वाचन अनलाइन अथवा भौतिक रुपमा उपस्थित भई गर्न सकिनेछ । भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु पर्नेछ ।’ भन्ने व्यवस्था भए बमोजिम अधिकतम प्रतिनिधि भौतिकरुपमा उपस्थित हुने र उपस्थित हुन नसक्नेको हकमा विधानको व्यवस्था बमोजिम अनलाइनमार्फत सहभागी हुने गरी गैरआवासीय नेपाली संघको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने यस मन्त्रालयको राय रहेको व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

परराष्ट्र मन्त्रालयले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको सहभागिता सुनिश्चित गर्नु संघको दायित्व भएको उल्लेख गर्दै, त्यसअनुसार आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी गर्न आग्रह गरेको छ ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 70 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 54 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 64 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 52 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 39 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 57 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार