उप प्रमुख आलम द्वारा ईलेक्ट्रिक कारको शो रुम को समुदघाट्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ असोज । बीरगंजमा एम. ए. डब्ल्यु. ग्रुपको फोटोन ईलेक्ट्रिक कारको शो रुमको उदघाटन भएको छ । बिरगंज महानगरपालिका वडा नं.१२ मुर्ली स्थित ईलेक्ट्रिक कारको शो रुमको ओपनिङ्ग भएको हो । बिरगंज महानगरका उप प्रमुख इम्तियाज आलमले एक कार्यक्रम बीच फिता काटेर उदघाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख आलमले भने ईलेक्ट्रिक कार खरिद गर्न बिरगंज भन्दा बाहिर जानुपर्ने अवस्था रहेकोमा अब ईलेक्ट्रिक कारको शोरुम बिरगंज मै खुलेकोले खुशी ब्यक्त गरे ।

उनले सोमबार उदघाटन गर्दै ईलेक्ट्रिक कारको प्रयोगदेखि बिक्री वितरणले नागरिक देखि ब्यापारी दुबैलाई फाइदा रहेको बताए । शोरुममा अहिले १० र १५ सिट भएको फोटोन दुईवटा मोडलको कार उपलब्ध छ । दशैंको बेला भएकोले शोरुम खुल्नुभन्दा अघि नै कारको बुकिङ समेत भएको शोरुमका अधिकारिक बिक्रेता का सन्चालक सदिक समानी ले जानकारि दिनु भयो ।

त्यस्तै १५ सिट भएको कार एकपटक चार्ज गरेपछि २ सय ३५ किलोमिटर सम्म चलाउन सकिन्छ । कारमा तीन लाख किलोमिटर र पाँच वर्षको वारेन्टी हुनुका साथै २० प्रतिशत डाउन पेमेन्टमा फाईनान्सको पनि सुबिधा रहेको जानकारी समेत गराउनु भयो । हरेक सिट फोल्डिङ भएको तथा एसीको पनि सुबिधा रहेको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थ डिजेल र पेट्रोल महगो हुदै गएको अवस्थामा इलेक्ट्रिक कार तर्फ ग्राहकहरुको आकर्षण बढन थालेको छ । सो कार्यक्रम को सभापतित्व सो रुम का संचालक सदिक मिया समानी रहनु भएको थियो भने प्रमुख अतिथि मा बिरगंज महानगर पालिका का उप प्रमुख इम्तिया आलम रहनु भएको थियो त्यसै गरि विशिस्ट अतिथिमा नेपाली कांग्रेस का नेता तथा पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, उधोग पति ओमप्रकश सिकारिया, नेजामुदिन समानी, लगायत का अतिथी हरु को सहभगित रहेको थियो ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 34 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 36 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 22 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 49 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 97 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 83 views