एनआरएनए फ्रान्सको मिल्यो विवाद

 गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्मा पनि एकताको सुरुआत भएको छ। एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्मा को उपस्थितिमा आइतबार साँझ भएको भेलाले दिलीप गुरुङको नेतृत्वमा एकीकृत एनआरएनए फ्रान्सको कार्यसमिति चयन गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को मार्च १४–१६, काठमाडौँमा सम्पन्न १२ औँ वृहत् एकता महाधिवेशनपछि डा. शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका थिए। त्यसपछि समानान्तर गतिविधि गर्दै आएका एनसीसीहरुको एकता प्रक्रिया सुरु भएको हो ।

काठमाडौँमा ‘फेस–टु–फेस’ मिटिङ सकेर अध्यक्ष डा. शर्मा सिधै फ्रान्स पुगेका थिए। त्यहाँ दिलीप गुरुङ र मीन श्रेष्ठ नेतृत्वको दुई कार्यसमिति मर्ज भएका छन्। समझदारी अनुसार दिलीप गुरुङले एनसीसीको नेतृत्व गर्नेछन् भने मीन श्रेष्ठलाई आइसिसी सदस्य बनाउने सहमति भएको छ ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र लाल बहादुर सोडारी, महासचिवमा राजु बस्नेत, कोषाध्यक्षमा समीक्षा थापा, सचिवमा नीरजचन्द्र सोडारी र जीत कुमार विश्वकर्मा, महिला उपाध्यक्षमा नीलिमा शाही र विष्णु शाही, खुल्ला उपाध्यक्षमा सरोज अधिकारी, सह कोषाध्यक्षमा श्रवण कुमार मैनाली, महिला संयोजकमा यमकला पौडेल र किरण चालिसे, युवा संयोजकमा मिलन रसाइली, सदस्यमा मनोज गुरुङ, विष्णु दुवाडी, सन्दीप गुरुङ, रम्भा तामाङ, दीपेन्द्र लामा, कृष्ण महर्जन र रम्ना राई रहेका छन्। आइसिसी सदस्यमा लोक बहादुर पुन चयन भए भने शिवराम भण्डारीलाई पछि मनोनयन गर्ने प्रस्ताव गरिएको छ।

अध्यक्ष डा. शर्मा भन्छन्- ‘आइसिसी एकता भएपछि एनसीसीको एकता मेरो प्राथमिकतामा रहेको छ। फ्रान्सबाट सुरु भएको एनसीसी एकता प्रक्रिया अन्य देशमा पनि चाँडै सुरु हुने विश्वास छ।’ उनले एनआरएनए फ्रान्स मिलाउन सहयोग गर्ने संस्थापक तथा पूर्व अध्यक्षहरूलाई धन्यवाद दिएका छन् ।

यसअघि नोभेम्बर ३० मा केन्द्रमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता प्रक्रिया सुरु भएको थियो। त्यसपछि मार्च १४–१६ मा एकता महाधिवेशन सम्पन्न भएको थियो र सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन प्रयास गरिएको थियो।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    एमसीसी अन्तर्गत धानखोला-लमहीको ४० किमी सडकको स्तरोन्नति कार्य शुरु

    दाङ । एमसीसी अन्तर्गत पूर्व-पश्चिम राजमार्गअन्तर्गत ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु गरेको छ। सडक स्तरोन्नति तथा मर्मतका लागि नेपालमै पहिलो पटक गुणस्तर, टिकाउपन र…

    पहिलो

    प्रमुख २० समाचार

    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    • April 29, 2026
    • 15 views
    काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    • April 29, 2026
    • 20 views
    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    कति छ महावीर पुनको सम्पत्ति ?

    • April 29, 2026
    • 21 views
    कति छ महावीर पुनको सम्पत्ति ?

    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    • April 29, 2026
    • 18 views
    सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

    • April 29, 2026
    • 21 views
    विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम