काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ ।
प्रतिनिधिसभामा एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुनेगरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।

महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट प्रत्य्क्ष निर्वाचित भएका थिए ।
त्यस्तै सचेतकमा निता घतानीलाई मनोनयन गरिएको छ ।








