काठमाडौं । सरकारले ओली नेतृत्वको ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन ।

े जर्मनी, चीन, इजरायल, मलेसिया, कतार, बेलायत,रुस, साउदी अरब, स्पेन, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् । उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन पनि दिइएको छन।








