कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु/कुहिरो रहनेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र  बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात तथा पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • Related Posts

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    काठमाडौं । लुम्बिनी प्रदेशले जारी पीएम कप अन्तर्गत बागमती प्रदेशलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २३४ रनको…

    पहिलो

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 19 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 24 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 25 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 26 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 25 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    एकपक्षीयमिडियानीति : लोकतन्त्र माथि प्रश्नचिन्ह ?

    • April 14, 2026
    • 30 views