कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएका छन् ।

हाल कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।  

त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी  भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र  हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

  • Related Posts

    आज देश विदेशका प्रमुख २० समाचार

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।  १- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नीतिगत व्यवस्थामा आवश्यक…

    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    काठमाडौँ । इरानमा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार इरानको इस्फहान प्रान्तको फलफूल र तरकारी बजारमा सैनिक हेलिकप्टर दुर्घटना हुदा पाइलट र सह-पाइलटसहित चार जनाको मृत्यु भएको छ ।…

    पहिलो

    आज देश विदेशका प्रमुख २० समाचार

    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    • February 24, 2026
    • 19 views
    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    • February 24, 2026
    • 30 views
    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    • February 24, 2026
    • 21 views
    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु

    • February 24, 2026
    • 23 views
    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु