काँग्रेस विवाद: डा. शेखर कोइराला पक्ष सर्वोच्च गएन, रणनीति बनाउन बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला गगन थापा नेतृत्वको काँग्रेससँग सहकार्य गर्ने संकेत गरेको छ । एकपछि अर्को नेताहरु गगन पक्षमा खुल्न लागेपछि दबाबमा रहेको कोइराला पक्षले आगामी रणनीति तय गर्न आज भेला बोलाएको छ ।

डा. शेखर कोइराला शनिबार देउवा पक्षको बैठकमा गएपनि निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलनमा जान नहुने सुझाव दिएर फर्किएका थिए ।

तर आइतबार देउवा पक्ष आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जादा कोइराला पक्षका नेताहरु अनुपस्थित रहेका थिए ।

पूर्णबहादुर खड्कासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह मीनबहादुर विश्वकर्मालगायत नेताहरू सर्वोच्चमा पुगेपनि कोइराला पक्षका नेताहरु गएका थिएनन् । कोइरालाले आफ्नो पक्षका नेताहरुसँग आज छलफल गर्न बोलाएको एक नेताले जानकारी दिएका छन् । उनी पक्षका नेताहरुले रुख चिन्ह र चारतारे झन्डा हुने पक्षसँगै एकताबद्ध हुनुपर्ने दबाब दिएपछि कोइरालाले देउवा पक्षबाट आफुलाई अलग राखेका छन् ।

यसअघि शुक्रबार निर्वाचन आयोग पुगेर आफ्ना धारणा राख्दै कोइरालाले विशेष महाधिवेशन अवैधानिक भएको र नयाँ नेतृत्व आधिकारिक नभएको स्पष्ट धारणा राखेका थिए ।

  • Related Posts

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 63 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 23 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 38 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 30 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 29 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 33 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची