कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

म्याग्दी, २७ असार : बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ । विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौकि संरचना र व्यक्तिका ५० घरमा क्षति पुगेको थियो ।

भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले कागखोलाको बाढी नियन्त्रणका लागि किनारामा पक्की पर्खाल निर्माण गरेको हो । कार्यालयका प्रमुख वरिष्ठ भू– तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले रु ३३ लाख ४० हजारको बजेटमा कागखोलाको किनारमा ५१ मिटर पक्की पर्खाल निर्माण भएको जानकारी दिनुभयो ।

“गण्डकी प्रदेश सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको कागबेनी नदी नियन्त्रण योजनाको प्राविधिक नापजाँच गर्दा रु एक लाख ६० हजार कम भुक्तानी भएको छ”, उहाँले भन्नुभयो, “१.८ मिटर फराकिलो जग भएको चार मिटर अग्लो पर्खालको माथिल्लो भाग ५५ सेन्टिमिटर चौडाइको छ ।”

सो पर्खालले कागबेनीको छोप्तेन गुम्बा र बस्तीमा बाढी नियन्त्रणका लागि सहयोग पुगेको उपभोक्ता समितिका अध्यक्ष ख्याम्चो गुरुङले बताउनुभयो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा रु एक करोड बढी आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउने प्रयास गरेका छन् ।

बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छन् । नदी नियन्त्रणका लागि थप पक्की पर्खाल निर्माण गर्न आवश्यक रहेको, प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो ।

  • Related Posts

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा…

    आजको राशिफल

    आजको राशिफल बिस २०८३ बैशाख १४ गते सोमबार ईस २०२६ अप्रिल २७ नेपाल सम्बत ११४६ वछलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष एकादशी, चन्द्रमा सिंह…

    पहिलो

    सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई

    • April 28, 2026
    • 0 views
    सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई

    धादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालन

    • April 28, 2026
    • 11 views
    धादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालन

    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    • April 28, 2026
    • 17 views
    नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

    जबरजस्ती करणी

    • April 28, 2026
    • 17 views
    जबरजस्ती करणी

    विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्धा दायर

    • April 28, 2026
    • 21 views
    विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्धा दायर

    नेप्से २६.१६ अंकले घट्यो

    • April 28, 2026
    • 18 views
    नेप्से २६.१६ अंकले घट्यो