कार्यवाहक महानगर प्रमुख आलमको सक्रियता: महिनौं देखि रोकिएको विपद् राहत रकम पीडितलाई वितरण गरिँदै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगन्ज, १८ असार । वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको विशेष सक्रियता र पहल कदमीका कारण विगत ६ महिनादेखि रोकिएको विपद् राहत रकम अन्ततः पीडितहरूले पाउने भएका छन् । महानगरपालिकाको विभिन्न वडाका आगलागी, बाढी र हावाहुरी पीडित १५ जना परिवारलाई राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख आलमले विपद् व्यवस्थापन शाखामा प्राप्त निवेदनहरू माथि तत्काल चासो देखाउँदै उचित छानबिनका लागि निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा महानगरको वडा नम्बर १४, १७, १९, २६ लगायतका स्थानमा प्राकृतिक विपद् बाट भौतिक संरचनामा क्षति ब्यहोरेका वास्तविक पीडितहरूको पहिचान गरिएको हो ।

पीडितहरूको निवेदन र क्षतिको अवस्था हेरी कार्यवाहक प्रमुख आलमले प्रतिपरिवार ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको राहत रकम उपलब्ध गराउने निर्णय गराउनु भएको छ । कार्यवाहक प्रमुखको यो निर्णयसँगै पुनर्निर्माणका लागि लामो समयदेखि राहतको पर्खाइमा रहेका नगरबासीहरूले ठूलो राहत महसुस गरेका छन् ।

विपद् व्यवस्थापन शाखा प्रमुख विभा मिश्राका अनुसार कार्यवाहक प्रमुख आलमको समन्वय र तोकताकेताका कारण प्रशासनिक प्रक्रिया चाँडो सम्पन्न भएको हो । लामो समयदेखि अल्झिएको यो राहत रकम अबको केही दिनभित्रै पीडितहरूको हातमा पुगिसक्ने शाखा प्रमुख मिश्राले जानकारी दिनुभयो ।

महानगरबासीलाई संकटका बेला अभिभावकत्व प्रदान गर्दै कार्यवाहक प्रमुख आलमले विपद्का घटनामा परेका नागरिकलाई आगामी दिनमा पनि महानगरले तत्काल र प्रभावकारी रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १९ असार । नेपाल भोजपुरी समाजले वीरगञ्जको चिल्ड्रेन मा बिमा भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न गरेको छ । समाजका अध्यक्ष ध्रुव…

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १९ असार । श्री नृसिंह माध्यमिक विद्यालय, पिप्रा, बीरगंज नजिक बाट बिहीबार दिउँसो करिब ३:०० बजेको समयमा एक जना युवकको बाईक हराएको कुरा पिडितले बताएका…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 48 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 57 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 27 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 26 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 23 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 23 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम