केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण

काठमाडौँ । लेखक विजयराज आचार्यको वरिष्ठ कलाकार केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ कृति लोकार्पण गरिएको छ ।

नेपाल बाल साहित्य समाजद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा तथा पूर्वमन्त्रीत्रय शंकरप्रसाद कोइराला, प्रदीपकुमार ज्ञवाली, रघुजी पन्तलगायतले विमोचन गरे ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्वकूलपति कर्मचार्यले नेपालको कला क्षेत्रमा ६० वर्षदेखि क्रियाशील छन् । कृतिमा उनले कला क्षेत्रमा पुर्‍याएको योगदानको वर्णन गरिएको छ । त्यस अवसरमा वरिष्ठ कलाकार शर्माले राज्यले कला क्षेत्रको विकास र विस्तारमा ध्यान नदिएका कारण कलाकार खेतालाजस्ता हुनुपरेको भनी रोष प्रकट गरे ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकारको जीवनीमा आधारित पुस्तक प्रकाशनले व्यक्तित्वको सामाजिकीकरणको पाटोमा सफल अभ्यास भएको प्रतिक्रिया दिए ।

पूर्वमन्त्री एवं साहित्यकार ज्ञवालीले कलाको माध्यमबाट कर्मचार्यले सामाजिक जागरण र राष्ट्रिय एकता कायम गर्न गरेको योगदानको चर्चा गरे। साहित्यकार कोइरालाले समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति र व्यक्तित्वको जीवनी, व्यक्तित्व र कृतित्व सार्वजनिक हुन आवश्यक रहेको धारणा राखे ।

वरिष्ठ पत्रकार पन्तले चित्रकलाले देश र समाजको संस्कृति, रहनसहन, वेशभूषा, इतिहास र जीवनशैलीको यथार्थ चित्र गर्ने भएकाले यसको महत्त्वबारे भाविपुस्तालाई पर्याप्त जानकारी दिलाउन आवश्यक रहेको बताए । वरिष्ठ कलाकार कर्मचार्यले आफ्ना दाजु र सहपाठीको प्रेरणामा चित्रकला, मूर्तिकला र सिर्जनातर्फ लाग्न परेको घटना र परिवेश सुनाए ।

नेपाल बालसहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले कला र साहित्यलाई जोड्ने पुलका रूपमा बाल साहित्यले काम गरिरहेको बताए । लेखक आचार्यले नेपालको कला क्षेत्रको विशिष्ट साधक कर्मचार्यको जीवनीमा आधारित पुस्तक प्रकाशन गर्ने कार्यलाई आफूले एउटा अवसरका रूपमा लिएको धारणा राखे ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपाली कला क्षेत्रका क्षेत्रमा छ दशक योगदान दिने व्यक्तिको जीवनीमा आधारित पुस्तक प्रकाशित हुनुलाई कला क्षेत्रकै सम्मानका रूपमा लिएको बताए ।

वरिष्ठ लेखक एवं प्राज्ञ जीवेन्द्रदेव गिरिले कर्माचार्यलाई अहिलेको अवस्थामा आइपुग्ने के कस्ता विषय र घटनाले मलजल गरेको छ भन्ने नालीबेली पुस्तक अध्ययनबाट प्राप्त गर्न सकिने प्रतिक्रिया दिए । साहित्यकार मुकेश मल्लले कला र साहित्यलाई एक-अर्कालाई जोड्ने कार्यले सिर्जना कलात्मक हुनासाथै गुणस्तरमा पनि सुधार ल्याउन योगदान पुर्‍याउने धारणा राखे ।

बाल्यकालदेखि नै कला क्षेत्रमा रुचि राख्ने कर्मचार्य शुरु आत्ती दिनमा नाटक खेल्ने र चित्र कोर्दै यस क्षेत्रमा लागेका थिए । अहिले उनले छ सय भन्दा बढी हुलाक टिकट डिजायन गर्ने विशिष्ट साधकको परिचय बनाइसकेका छन् । छ दर्जन भन्दा बढी बाल पुस्तकमा चितांकन गरेका उनले हजारौँ पुस्तकका लागि आवरण बनाइ सकेका छन् ।

  • Related Posts

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    बुटवल । रोजगारीको प्रलोभनमा भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ । रुपन्देही प्रहरीका अनुसार भारतको कुशीनगर क्षेत्रमा रोजगारीको प्रलोभनमा परि अलपत्र परेका ४५३ जनाको उद्धार गरिएको हो…

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 64 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 48 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 39 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 60 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 114 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 92 views