गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन सबै दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ।

प्राधिकरणको उपभोक्ता हित संरक्षण शाखा सूचना जारी गर्दै अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले ऐन, नियम, विनियम, कार्यविधि तथा शर्तअनुसार सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने जनाएको हो ।

हालका दिनमा सेवा गुणस्तर कमजोर भएको भन्दै उपभोक्ताबाट गुनासो बढ्दै गएको प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणको इमेल, गुनासो व्यवस्थापन प्रणाली तथा नेपाल सरकारको ‘हेलो सरकार’ पोर्टलमार्फत दूरसञ्चार सेवासम्बन्धी उजुरी उल्लेख्य रूपमा बढेको जनाइएको छ।

प्राधिकरणले उपभोक्ताको हकहित संरक्षण हुने गरी प्राप्त गुनासा तथा उजुरी यथाशीघ्र समाधान गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ।

साथै जिम्मेवारीअनुसार गुणस्तरीय सेवा प्रवाह नगरी प्राधिकरणमा निरन्तर गुनासो आए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

  • Related Posts

    आज देश विदेशका प्रमुख २० समाचार

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस…

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    सर्वोच्च अदालतको आजको मुद्धाको पेशी करिब दुई घण्टा ढिलो गरि तोकिएको छ । संबैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई विहिबार सिफारिस गरेपछि आज सर्वोच्चको पेसी ढिलो गरि तोकिएको हो ।…

    पहिलो

    आज देश विदेशका प्रमुख २० समाचार

    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    • May 13, 2026
    • 22 views
    ट्रम्पको बेइजिङमा भव्य स्वागत

    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    • May 13, 2026
    • 24 views
    गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    • May 13, 2026
    • 23 views
    ९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे

    • May 13, 2026
    • 25 views
    बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे