गुल्मीमा रासायनिक मल वितरणमा कालोबजारी

काठमाडौँ । गुल्मीको कालिगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ ।

जिल्लामा रहेको नव प्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेम नारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारी मार्फत नभई निजी पसल मार्फत बढी मूल्यमा बिक्रि गरेको पाइएको छ । 

रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न सञ्चालनमा ल्याएको गुनासो हटलाइन नम्बरमा प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको फेला परेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जारी गर्नुभएको रासायनिक मल गुनासो हाटलाइन ९७०००९९११३ नम्बरमा आएको गुनासोका आधारमा स्थानीय प्रशासानले छापा हान्दा मल बिक्रि वितरणमा अनियमिता गरेको जानकारी पाइएको हो । 

सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड, भैरहवाबाट असार १५ गते भएको सम्झौताअनुसार ५३५ बोरा युरिया र १७१ बोरा डीएपी मल ल्याउनुपर्ने थियो । हालसम्म ६०१ बोरा मल लगिसकेको र १०५ बोरा युरिया आउन बाँकी रहेको दाबी थियो । तर, सहकारीमार्फत वितरण गर्नुपर्ने उक्त मल सहकारीको कार्यालयबाट नभई निजी पसलमा राखेर बिक्री गरिरहेको पाइएको थियो । 

कालिगण्डकी गाउँपालिकामा वडा नं. १ हर्मिचौरमा नीलकण्ठ पाण्डेको पसल, कालिगण्डकी गाउँपालिकामा वडा नं. २ अर्बेनीमा कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा कालिगण्डकी गाउँपालिकामा वडा नं. ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसल अगाडि मल बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ । 

यसका साथै, मल बिक्री गर्दा उपभोक्तालाई रसिद नदिएको तथा खरिदकर्ताको अभिलेखसमेत नराखेको पाइएको छ । यसबारे थप छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • Related Posts

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    ललितपुर । सरोकारवालाले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनामा पहुँच र स्थानीय मुद्दाको प्रभावकारी उठानका लागि स्थानीय सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर…

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 48 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 57 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 27 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 26 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 23 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 22 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम