चितवन मालपोतबाट समातिए १६ बिचौलिया

 मालपोत कार्यालय भरतपुरमा अनधिकृत रुपमा प्रवेश गर्ने १६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले विहीबार (आज) उनीहरूलाई गिरफ्तार गरेको हो । 

कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ । 

सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। 

कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू र कानुन बमोजिम दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइने स्पष्ट पारेको छ।

त्यस्तै, सेवासम्बन्धी काम कारबाही सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन र कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूले पेश गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने कार्यालयले जनाएको छ।

साथै, भू–सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिको भर नपर्न र आधिकारिक प्रक्रिया अपनाउन आग्रह गरेको छ।

  • Related Posts

    गौरीघाटमा भव्य रूपमा मनाइँयो हनुमान जयन्ती, विशेष आरती र धार्मिक कार्यक्रम आयोजना

    काठमाडौं, चैत्र शुक्ल पूर्णिमा — हनुमान जयन्तीको पावन अवसरमा पशुपति क्षेत्र अन्तर्गत गौरीघाटमा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ। गौरी – गंगा बागमती आरती तथा रामायण भजन समाज गौरीघाट को…

    धुलिखेल-खावा सडकखण्ड चैत्र ३० गतेसम बन्द हुने

    धुलिखेल देखि खावा खण्ड चैत्र २३ गतेसम्म बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको बैठकको निर्णयानुसार अरनिको राजमार्गको धुलिखेल देखि खावा खण्डमा कालोपत्रे गर्ने काम शुरु हुने…

    पहिलो

    नेशनल मेडिकल कलेज द्वारा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन सम्पन्न-

    • April 4, 2026
    • 101 views
    नेशनल मेडिकल कलेज द्वारा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन सम्पन्न-

    गौरीघाटमा भव्य रूपमा मनाइँयो हनुमान जयन्ती, विशेष आरती र धार्मिक कार्यक्रम आयोजना

    • April 3, 2026
    • 24 views
    गौरीघाटमा भव्य रूपमा मनाइँयो हनुमान जयन्ती, विशेष आरती र धार्मिक कार्यक्रम आयोजना

    धुलिखेल-खावा सडकखण्ड चैत्र ३० गतेसम बन्द हुने

    • April 3, 2026
    • 21 views
    धुलिखेल-खावा सडकखण्ड चैत्र ३० गतेसम बन्द हुने

    प्रधानमन्त्री बालेनको गण्डकी प्रदेशका सांसदहरुसँग छलफल

    • April 3, 2026
    • 21 views
    प्रधानमन्त्री बालेनको गण्डकी प्रदेशका सांसदहरुसँग छलफल

    म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ राष्ट्रपतिमा चयन

    • April 3, 2026
    • 22 views
    म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ राष्ट्रपतिमा चयन

    आइपिएल खेल्न नपाएपछि अदालत गए खेलाडी !

    • April 3, 2026
    • 21 views
    आइपिएल खेल्न नपाएपछि अदालत गए खेलाडी !