चीन र उत्तर कोरियाबीच विमान सेवा पुन: सुचारु

चीन र उत्तर कोरियाबीच विमान सेवा सुचारु भएको छ । चीनको राष्ट्रिय विमान सेवा कम्पनी एयर चाइनाले सोमबार बेइजिङ र उत्तर कोरियाको राजधानी प्योङयाङबीचको सिधा उडान सेवा पुनः सुरु गरेको हो । दुवै देशबीच यात्रु रेल सेवा सञ्चालनमा आएको केही समयपछि हवाई सेवा पनि फेरि सुरु गरिएको हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उक्त उडान प्योङयाङ पुगेपछि त्यहाँ रहेका चीनका राजदूत वाङ याजुनसहित कूटनीतिक अधिकारीहरूले स्वागत गरेका थिए । यसअघि मार्च १२ मा चीन र उत्तर कोरियाबीच यात्रु रेल सेवा पनि पुनः सञ्चालनमा आएको थियो ।

कोरोना महामारी सुरु भएपछि चीनले उत्तर कोरियातर्फका उडान र रेल सेवा पूर्ण रूपमा बन्द गरेको थियो । तर उत्तर कोरियाको राष्ट्रिय विमान सेवा एयर कोरियोले सन् २०२३ मै दुई देशका राजधानीबीच उडान सेवा पुनः सुरु गरेको थियो । महामारीका क्रममा उत्तर कोरियाले विदेशी पर्यटक प्रवेशमा कडाइ गरेको भए पनि अहिले क्रमशः ती प्रतिबन्धहरू खुकुलो बनाउँदै लगेको छ ।

सन् २०२४ देखि रसियाली पर्यटक समूहहरूले उत्तर कोरिया भ्रमण सुरु गरिसकेका छन् । प्रतिबन्धअघि उत्तर कोरिया पुग्ने कुल पर्यटकमध्ये करिब ९० प्रतिशत चिनियाँ नै हुने गरेका थिए । त्यसैले चिनियाँ पर्यटकको फर्काइ ढिला हुँदा विश्लेषकहरू अचम्मित भएका थिए । अब हवाई र रेल सेवा पुनः सञ्चालनसँगै चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र मुख्य सहयोगी हो । यद्यपि, उत्तर कोरियाले गरेका क्षेप्यास्त्र परीक्षणप्रति बेइजिङले असन्तुष्टि पनि जनाउँदै आएको छ । यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा बेइजिङ भ्रमण गरी भव्य सैनिक परेडमा सहभागीता जनाएका थिए, जुन दशकौँपछि भएको दुर्लभ सहभागिता मानिएको छ ।

  • Related Posts

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    काठमाडौँ । चीनमाथि विभिन्न देशको जासुसी गरेको आरोप लाग्दै आएका बेला अहिले फेरि नयाँ दाबी सार्वजनिक भएको छ । एक स्वतन्त्र ब्लगरले चीनको सेनाका उच्च अधिकारीले विशेष कार्यक्रममा एलन मस्कसहित…

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौँ । भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढाइएको छ । शनिबार पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल प्रतिलिटर ९१ पैसा महँगो बनाइएको हो । भारतीय समाचार संस्था पिटिआईका अनुसार…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 31 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 28 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 40 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 187 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ