चुनाव नलड्ने १०-१२ जनालाई मन्त्री बनाउछौं- प्रधानमन्त्री कार्की

काठमाडौँ । अर्थमन्त्री सुशिला कार्कीले १० देखि १२ जानको हाराहारीमा मन्त्री बनाउने बताएकी छन् ।

बिबिसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले २५ मन्त्रालयमा एक जानले कम्तिमा दुई मन्त्रालय हेर्ने गरि बनाउने तयारीमा रहेको बताएकी हुन् ।

उनले भनेकी छन्- ‘राष्ट्रपतिले राजनीतिक दलका एक एक जना लिएर बृहत निर्वाचनको मन्त्रिमण्डल बनाउनुस् भन्नु भएको थियो । तर मैले त्यस्तो राम्रो हुदैन, स्वतन्त्र मान्छे हुनुपर्छ भनेको छु । अब गर्नेमा हामीले समावेशीलाई हेर्नुपर्ने छ । त्यसमा जनजाती, दलित, महिला, पिछडिएको पनि भयो भने, त्यस्तो व्यक्तिहरुको हामी खोजीमा छौं । नाम त थुप्रै आएको छ तर त्यसमध्येमा हामीले पोलिटिक्समा गएको छ की छैन भन्ने हेरिरहेका छौं ।’

प्रधानमन्त्री कार्कीले निर्वाचनमा नजाने व्यक्तिलाई मन्त्री बनाउन सोचाइमा रहेको बताएकी छन् । उनले आफुलाई सहयोग गर्नेहरुबाट नामहरुमा विचार गरिरहेको बताएकी छन् ।

उनले आफुसँग केवल ६ महिनाको समय भएको र निर्वाचनमा केन्द्रित भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको छानबिन गर्ने समितिले एक महिना र बढीमा ४५ दिनमा सक्ने गरि बढीमा तीन जनाको समिति बनाएर अध्ययन गराउने समेत बताएकी छन् ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 61 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views