चोरीका गर-गहनाहरू सहित तीन जना भारतीय र एक नेपाली नागरिक पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०३ मंसिर । वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा कार्तिक ३० गते दिउँसो करिब ०२:३० बजेको समयमा लाखौं मूल्य बराबरको सुन-चाँदीको गहना सहित ३ भारतिय र १ जना नेपाली नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ स्थित जितपुर बाट मिलनचोक तर्फ जाँदै गरेको भारतको विहार राज्य जिल्ला वेतीया थाना बल्थर सरकिला बस्ने वर्ष ३३ को विजय रायले चलाइ ल्याएको लु. ९६ प ३७३३ नम्बरको स्कुटीलाई रोकी चेक जाँच गर्दा सो स्कुटीको पछाडि सीटमा सवार सोही स्थान बस्ने वर्ष ६० शेख बुनादले लगाएको पाइन्टको दाँहिने खल्ती बाट सेतो रंगको रूमालमा सेतो रंगको कागज भित्र बिल बिजक नरहेको सुन जस्तो धातुले बनेको गरगहनाहरू र चाँदी जस्तो देखिने धातुले बनेका गरगहनाहरू सहित नियन्त्रणमा लिइएको छ ।

यसै क्रममा निज संग प्रारम्भिक अनुसन्धान गर्दा अन्य थप गहनाहरू वीरगञ्ज महानगरपालिका वडा न. ३२, टेढा मुसहरटोल बस्ने वर्ष २० को विध्या कुमार नटको घर स्थानीय भद्र भलादमी तथा जनप्रतिनिधिहरूको रोहबरमा घर खानतलासी गर्दा निजको घरमा लुकाइ छिपाई राखिएको अन्य थप गरगहनाहरू गरी जम्मा अंदाजी मूल्य रू. ३६ लाख ७० हजार ५१ बराबरका फेला परेकोले उल्लेखित परिमाणका गरगहनाहरू तथा नगद र उक्त गैर कानूनी कार्यमा संलग्न भारत कै विहार राज्यको जिल्ला वेतीया गबनाहा थाना आरा पिपरा बस्ने वर्ष ३१ को बिनोद राउत सहित ४ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई निजहरू विरुद्ध चोरी तथा डाँका सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालत बाट ०५ दिनक म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको कुरा बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक ले बताएका छन् ।

साथै निजहरु बाट क्रमशः चाँदीका बाला-४ थान, सुनको सिक्री-११ थान, चाँदीका पाउजो-१० थान, सुनको झुम्का-२ थान, चाँदीका सिक्का-२ थान, सुनको नथिया-३ थान, चाँदीका बिछिया-८ थान, सुनको पोतो सहित जडान माला-२ थान, चाँदीका हथशंकर-२ थान, सुनको M लेखेको लकेट-१ थान, सुन-चाँदी तौल गर्ने तराजु-१ थान र ढक्कहरू, सुनको औठी-१ थान, नगद-नेपाली रू. ३ लाख ७९ हजार र भारतीय नगद रु. ९ हजार २ सय तथा सुनको मॉगटिका-२ थान बरामद गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 37 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 28 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 194 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-