जनताको विश्वास माओवादी प्रति छ, हामी जुरुक्कै उठे देशभर चुनाव जित्छौं- प्रचण्ड

गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा गोरखा जिल्ला पालुङटारमा सहिद सुरेश वाग्ले ‘वासु’, भिमसेन पोख्रेल ‘वैरागी’, विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा सभा तथा जनसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

जनयुद्धको क्रममा गोरखा जिल्लामात्रै १८८ भन्दा बढीले सहादत प्राप्त गरेका थिए भने २० जना बेपत्ता पारिएका थिए । स्मृति सभामा जनजागरण अभियान टिम, गण्डकी प्रदेशका नेताहरू, स्थानीय नेता, कार्यकर्ता तथा ठूलो संख्यामा आम जनसहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदहरूको योगदान स्मरण गर्दै उनीहरूका अपूर्ण सपना पूरा गर्ने संकल्प व्यक्त गरे । उनले सहिद सुरेश वाग्ले ‘वासु’ जस्तो उच्च क्षमताका नेताको हत्या पार्टीका लागि ठूलो पीडा भएको उल्लेख गर्दै भाद्र २३ गतेलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरे ।

प्रचण्डले भने- ‘यो देशमा उत्पीडित वर्ग, लिङ्ग र समुदायका नागरिकले पाएको अधिकार सहिदहरूको योगदानकै कारण सम्भव भएको हो। तिनै सहिदहरूको त्यागलाई सम्मान गर्दै तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने काम सम्पन्न भयो। सत्य निरूपण तथा बेपत्ता आयोग गठन, सहिद परिवारलाई आर्थिक सहयोगका लागि कोष स्थापना, परिवारका सदस्यलाई रोजगारी दिने, र विभिन्न क्षेत्रमा विशेष सुविधा दिने व्यवस्था गरिएको छ ।’

उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानबारे अनुभव बाँड्दै जनतासँग प्रत्यक्ष संवाद यस अभियानको प्रमुख उपलब्धि भएको बताए । लम्जुङदेखि गोरखासम्म देखिएको जनसहभागिताले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो।

प्रचण्डले पालुङटारमा औद्योगिक क्षेत्र स्थापनाका लागि चीनसँग भएको सहमतिको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । साथै, सुशासन, सामाजिक न्याय, नागरिकता समस्या समाधान, मिटरव्याज पीडितलाई न्याय दिने पहल, नागरिकलाई सामाजिक सुरक्षामा समावेश गर्ने, सिमा समस्यामा कूटनीतिक पहल, भारत–चीनसँगको विद्युत् तथा व्यापारिक सहकार्य, कृषि क्षेत्रमा प्रविधि भित्र्याउने लगायतका उपलब्धिहरूलाई आफ्नो कार्यकालका ठोस कामका रूपमा प्रस्तुत गरे ।

बुढीगण्डकी जलविद्युत आयोजना, धुले सडक पिच गर्ने, औद्योगिक पार्क निर्माणजस्ता योजनामा स्रोत सुनिश्चित गरी काम अघि बढाइने प्रचण्डले स्पष्ट पारे । उनले भने- ‘गोरखा ऐतिहासिक जिल्ला हो। अबको गोरखा अझ राम्रो गर्ने क्षमता राख्छ। माओवादी जुरुक्कै उठे क्लिन सुइप गर्ने गरी चुनाव जित्न सकिन्छ ।’

कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेलगायतका नेताहरूले पनि सम्बोधन गर्दै माओवादी केन्द्र नेतृत्वको सरकार र पार्टीले जनतामुखी काम गरिरहेको धारणा राखेका थिए ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 36 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 75 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 55 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 85 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 131 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-