दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २२ असार । ईलाका प्रहरी कार्यालय, जानकीटोलाले विशेष सूचनाको आधारमा आईतबार राती करिब ११:०० बजेको समयमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०२ स्थित भित्री इनर्वा जाने चोक बाट भारी मात्रामा प्रतिवन्धित लागु औषध गाँजा सहित एउटा भारतीय गाडी तथा एक जना भारतीय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त राति त्यहाँ बाट खटिएको प्रहरी गस्ती टोलीले सोनबर्सा बाट भारत तर्फ जाँदै गरेको BR 01 CU 3544 भएको सेतो रंगको Sport कारलाई शंका लागी रोकी कानून रितपुर्याइ खानतलासी गर्दा उक्त कारभित्र लुकाई छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ १० ( दश ) पोकामा १०२ केजी ६ सय ३८ ग्राम फेला परेको थियो ।
त्यसैले उल्लेखित नम्बरको कार तथा चालक भारतको, बिहार राज्य, बेतिया नवलपुर बस्ने वर्ष ३२ का गुडु बर्मालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्की ले बताएका छन् ।








