जापानमा सञ्चित भण्डारबाट इन्धनको प्रयोग शुरु

इरान युद्धका कारण मध्यपूर्वबाट आउने तेल बोकेका जहाजको आवागमन प्रभावित भएपछि जापानमा तेल आपूर्तिमा समस्या देखिन थालेको छ । यसलाई नियन्त्रणमा राख्न जापानले आफ्नो सञ्चित भण्डारबाट तेल निकालेर प्रयोग गर्न थालेको छ ।

जापानी सञ्चारमाध्यमले जनाएअनुसार आपूर्ति स्थिर राख्न भण्डारबाट तेल प्रयोग सुरु गरिएको हो । सार्वजनिक गरिएको इन्धन करिब १५ दिनको खपत बराबर रहेको बताइएको छ ।

जापानका तेल कम्पनीहरूसँग अहिले करिब ७० दिनका लागि पुग्ने भण्डार रहेको पनि जानकारी दिइएको छ ।

यसका अतिरिक्त सरकारसँग छुट्टै तेल भण्डार रहेको र मार्च महिनाको अन्त्यतिर करिब एक महिनासम्म पुग्ने आपूर्ति सार्वजनिक गर्न सकिने अपेक्षा गरिएको छ ।

समग्रमा जापानसँग हाल करिब २५४ दिनसम्मको खपत बराबर तेल भण्डार रहेको बताइएको छ, जुन करिब ४७ करोड बैरल तेल बराबर हुने जनाइएको छ ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    अमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने

    काठमाडौँ । अमेरिका आफ्नो स्वतन्त्रताको २५० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले जानकारी दिँदै नयाँ डिजाइनका सीमित संस्करण…

    पहिलो

    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    • April 30, 2026
    • 10 views
    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    • April 30, 2026
    • 14 views
    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

    • April 30, 2026
    • 10 views
    सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

    आजको मौसम पूर्वानुमान ?

    • April 30, 2026
    • 14 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १७ गते विहिबार: आजको राशिफल

    • April 30, 2026
    • 19 views
    २०८३ बैशाख १७ गते विहिबार: आजको राशिफल
    प्रमुख २० समाचार