जेनजी आन्दोलनका घाइतेकी दिदी -आशिका तामाङ

काठमाडौँ , भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशमा परिवर्तनको रेखा कोर्यो । तत्कालिन सरकार ढल्यो र नागरिक सरकारको गठन भएको दाबी गरियो । आन्दोलनमा ७४ जनाको मृत्यु भएको छ भने साढे ४ सयभन्दा बढी घाइते भए । जसमा अहिले पनि कैयौं घाइतेको उपचार जारी रहेको छ भने कैयौं घाइते गोलीको गाउ निको हुने प्रतिक्षामा घरमै रहेका छन् ।

सरकार गठन भएपछि आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा गर्दै १५-१५ लाख दिने घोषणा गर्यो । तर सरकारले आन्दोलनमा घाइतेका लागि नि: शुल्क उपचार गर्ने घोषणा गरेर पन्छियो ।

यस बीचमा घाइतेको साहारा बनेर अगाडी आएकी छन् समाजसेवी आशिका तामाङ । कान्छा…भाई…कहाँ गोली लाग्यो…तिमीले गर्दा देशमा परिवर्तन आयो…बधाई छ…यस्तै यस्तै आशा, साहारा र भरोसा दिदै  आशिका अहिले घाइतेका कोठा कोठा पुगेर नगद, चामलदेखि कपडा, तेललगायतका खाद्यान्न सहयोग गरेकी छन् । उनले हरेक घाइतेलाई न्युनतम २५ हजार सहयोग गरेकी छन् भने घाइतेको अवस्था हेरेर बढी रकम पनि सहयोग गरेकी छन् । गोली लागेको शरीर लिएर घरमा पुगेकाको कस्तो अवस्था छ भनेर तिनैको आन्दोलनको जगमा बनेको सरकारले सोच्न नसकेको समयमा अहिले घाइतेले आशिकालाई फोन गरेर सहयोग माग्न थालेका छन् र चामलको बोरा बोकेर कान्छा…भाई भन्दै आशिका सहयोगको लागि कोठा कोठामा पुगेको दृश्यले जेनजी आन्दोलनको जगमा बनेको सरकारलाई गिज्याइरहेको छ । 

फेरी सरकारको आलोचना गर्ने बेला भएको छैन भन्ने कुरा पनि आउला तर यो सरकार आन्दोलनको जगमा बनेको हो । आन्दोलनमा मृत्यु भएका र घाइते भएकाको अवस्था, उनीहरुको उपचार र उनीहरुको अबको जीवन कसरी चल्छ भन्ने सरकारले सोचेन भने सरकारको औचित्यमा प्रश्न उठाउनुनै पर्छ । ट्रेलर हेरेर सिनेमा कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ भनेझैँ सरकारले आफ्नो आलोचना गर्ने ठाउ आफै सिर्जना गरिरहेको छ । 

सरकारले घाइतेको उपचार र उनीहरुको अवस्था बुझ्न हरेक दिन ढिला गरिरहेको छ । आन्दोलनबाट प्रधानमन्त्री र मन्त्री बनेको हो हौँ भन्ने एक सातामै सम्झाउनु पर्यो भने त्यो दुर्ग्भाग्यपूर्ण अवस्था हो । शहिद घोषणा गरेर, यति पैसा दिन्छौं भनेर मात्र जिम्मेवारी पुरा हुदैन भन्ने प्रधानमन्त्री र मन्त्रीहरुले बुझ्नुपर्छ । 

संयोगवश समाजमा आशिका तामाङ जस्ता समाजसेवी छन् जसले सरकारले गर्नुपर्ने काम निश्वार्थ भावनाले गरिरहेका छन् र जेनजी आन्दोलनमा गएकाहरुको अलिकति आत्मविश्वास बचाई राखेका छन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 72 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 66 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 126 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views