झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरूसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिनुभयो । उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए ।

“आजदेखि काठमाडौँ उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरने छन्”, उनले भन्नुभयो, “मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।”

आजै दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढीपहिरो, डुबान तथा विपद्मा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका थिए।

“आज साँझसम्म काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्छ”, प्रवक्ता तिवारीले भने “अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्धार गरिरहेको छ ।”

प्रवक्ता तिवारीले मौसम पूर्ण रूपमा समान्य बनिन सकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । “अवरुद्ध सडक खुल्ने र खुलाउने क्रम जारी छ”, उनले भने “अझै पहिरोलगायत जोखिम टरिसकेको छैन ।”

अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ । “रोशी गाउँपालिकालगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदैछ”, प्रवक्ता तिवारीले भने “घाइतेहरूको उद्धार र उपचार निःशुल्क भइरहेको छ ।”

  • Related Posts

    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची इस्लामाबादबाट फर्किएका छन् ।  शुक्रबार राति इस्लामावाद पुगेका अराघची अमेरिकी प्रतिनिधिमण्डलसँग प्रत्यक्ष भेट नगरी पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, सेना प्रमुख आसिम मुनीर तथा अन्य…

    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    काठमाडौँ । विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ ।  आज विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी…

    पहिलो

    सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-

    • April 26, 2026
    • 105 views
    सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-

    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    • April 26, 2026
    • 81 views
    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    • April 26, 2026
    • 11 views
    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    • April 26, 2026
    • 19 views
    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • April 26, 2026
    • 23 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते

    • April 26, 2026
    • 19 views
    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते