टिकापुर विमानस्थलमा वायुसेवा निगम र तारा एयरलाइन्सले गरे परीक्षण उडान

काठमाडौँ । कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ । सोमबार नेपाल वायुसेवा निगम र तारा एयरलाइन्सको जहाजले टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडान गर्ने लक्ष्यसहित परीक्षण उडान गरेको जनाएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुल, क्याप्टेन महेश विष्ट, उज्ज्वल सिलवाल, इन्जिनियर सम्राट् प्रधान लगायत प्राविधिक टोली सहभागी थिए ।

२०४१ सालदेखि एक दशकसम्म हवाई सेवा सञ्चालन गरिएको थियो भने त्यसपछि बन्द अवस्थामा थियो । सोमबारको परीक्षण उडानले टिकापुर विमानस्थलबाट नियमित उडान हुने विश्वास गरिएको छ ।

यस क्षेत्रका प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले टिकापुर विमानस्थलबाट नियमित उडान हुनुपर्ने माग संघीय सरकारसँग राखेका छन् ।

  • Related Posts

    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सार्वजनिक बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले पछिल्लो समय सरकारी अस्पतालमा बिदाको दिन ओपिडी सेवा बन्द…

    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    काठमाडौँ । श्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई पार्टीको तर्फबाट दिएको सुझावमा श्रम संकृति पार्टीले जनताद्वारा प्रत्यक्ष चुनिने कार्यक्रारी प्रमुख…

    पहिलो

    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    • April 23, 2026
    • 21 views
    बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    • April 23, 2026
    • 6 views
    प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो 

    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    • April 23, 2026
    • 19 views
    अमेरिकी सेनाका दोस्रो ठुलो अधिकारी बर्खास्त

    मन्त्रिपरिषद्को निर्णय ?

    • April 23, 2026
    • 18 views
    मन्त्रिपरिषद्को निर्णय  ?

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 114 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 16 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ