टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्युपछि बनेपा तनावग्रस्त

अरनिको राजमार्ग अन्तर्गत बनेपामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिप्परले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई दूरसञ्चार कार्यालय नजिक ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै ज्यान गएको पुष्टि गरिएको छ ।

घटनामा घाइते भएका एक जनाको उपचार भइरहेको छ । मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीय बासिन्दा आक्रोशित बन्दै टिप्परमा आगजनी गरेका थिए। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन केही सेल अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक का प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन विष्टले स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन् । घटनापछि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

  • Related Posts

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    काठमाडौं । लुम्बिनी प्रदेशले जारी पीएम कप अन्तर्गत बागमती प्रदेशलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २३४ रनको…

    पहिलो

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 19 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 24 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 25 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 26 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 25 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    एकपक्षीयमिडियानीति : लोकतन्त्र माथि प्रश्नचिन्ह ?

    • April 14, 2026
    • 30 views