ठुला टेक कम्पनीलाई अमेरिकी वकिलहरूको एआईबाट बालबालिकालाई बचाउन चेतावनी

काठमाडौँ । हाल द्रुत गतिमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास भइरहेको भएपनि यसका असर पनि उत्तिकै रुपमा हरेक दिन देखिन थालेका छन् । 

विशेष गरी यसले बालबालिकामा नराम्रो प्रभाव पारेका घटना बाहिर आइरहेका छन् । हालै अमेरिकामा १६ वर्षीय एक बालकले आत्महत्या गरेपछि यसका लागि उसले च्याटजीपीटीको सहयोग लिएको खुलेको छ । च्याटजीपीटीले ति बालकलाई आत्महत्या गर्ने तरिकाहरू सुझाएको पाइएपछि अमेरिकी समाज तरंगित बनेको छ ।

यस किसिमका अन्य घटना पनि आउन थालेपछि अमेरिकी वकिलहरूले गुगल, माइक्रोसफ्ट, च्याटजीपीटीलाई पत्र लेखेर बालबालिकालाई हानी हुने काम नगर्न आग्रह गरेका छन् । यो पत्र साम अल्टम्यानको ओपनएआई, एलन मस्कको एक्सएआई र मार्क जुकरबर्गको मेटा जस्ता ठूला कम्पनीहरूलाई खुला पत्रको रुपमा लेखिएको मिडिया रिपोर्टमा उल्लेख छ । यसमा वकिलहरूले बालबालिकालाई हानि नगर्न स्पष्ट रूपमा भनेका छन् ।

रिपोर्ट अनुसार, वकिलहरूले ठूला एआई कम्पनीहरूलाई लेखेको पत्रमा एआई च्याटबटबाट बालबालिकालाई सुरक्षित राख्न चेतावनी दिएका छन्, अन्यथा गम्भीर कानुनी परिणामहरू भोग्नुपर्ने समेत उनीहरुले बताएका छन् । यो पत्र अमेरिकाका ४४ राज्य र क्षेत्रका महान्यायाधिवक्ताले संयुक्त रूपमा पठाएका हुन् । उनीहरूले टेक दिग्गजहरूलाई बालबालिकालाई हानि नपुर्‍याउन र आवश्यक कदम तत्काल चाल्न चेतावनी दिएका छन् ।

विशेष गरी अमेरिकी वकिलहरूले मार्क जुकरबर्गको मेटा कम्पनीलाई लक्षित गरेका छन्  । हालै मेटामाथि एआई सहायकहरूलाई आठ वर्षसम्मका बालबालिकाहरूसँग ‘फ्लर्टिङ’ र ‘रोमान्टिक रोलप्ले’ गर्न अनुमति दिएको आरोप लागेको थियो । वकिलहरूले यसलाई ‘घृणित’ भनेका छन् र यो बालबालिकाप्रति लापरवाही भएको बताएका छन् । अर्कोतर्फ, मेटाका प्रवक्ताले जवाफ दिदै उनको कम्पनीले बालबालिकाको यौन दुर्व्यवहारसँग सम्बन्धित सामग्री प्रतिबन्ध लगाएको स्पष्ट गरका छन् ।

मेटामा मात्र नभई धेरै अन्य कम्पनीहरूमा पनि प्रश्न उठाइएको छ। अमेरिकी वकिलहरूले गुगलको एआई च्याटबटलाई पनि आरोप लगाए, जसले एक किशोरलाई आत्महत्या गर्न उक्साएको बताएका छन् । यस बाहेक, क्यारेक्टर डट एआई नामक च्याटबटले एक केटालाई आफ्ना आमाबाबुलाई मार्न सुझाव दिएको आरोप  लगाइएको छ । गुगलले यस घटनामा स्पष्ट पार्दै यसको खोज इन्जिन र क्यारेक्टर डट एआई दुई फरक कम्पनीहरू भएको बताएको छ । गुगलले क्यारेक्टर डट एआईको एआई मोडेलसँग कुनै सम्बन्ध नरहेको बताएको छ । वकिलहरूले ओपनएआईको च्याटजीपीटीलाई १६ वर्षीय केटालाई आत्महत्या गर्न उक्साएको आरोप लगाउदै टेक कम्पनीहरूले कम्तिमा बालबालिकालाई उपभोक्ता मान्नु नहुने बताएका छन् ।

अमेरिकी वकिलहरूले यस मुद्दामा सामाजिक सञ्जाललाई उदाहरणको रूपमा प्रस्तुत गरे । उनीहरूले सामाजिक सञ्जाल सुरु हुँदा पनि ठूला प्राविधिक कम्पनीहरूले प्रारम्भिक चेतावनीहरूलाई बेवास्ता गरे, जसको परिणामस्वरूप बालबालिका र उनीहरूका परिवारहरूले क्षति बेहोर्नुपर्‍यो । 

वकिलहरूले प्राविधिक कम्पनीहरूलाई चेकडा कानुनी कारवाहीको चेतावनी दिदै टुटेको जीवन र टुटेको परिवार यी कम्पनीहरूका लागि संख्याको खेल मात्र भएको बताएका छन् । उनीहरुले सरकारहरूले यस्तो गल्ती नदोहोर्याउने विश्वास व्यक्त गर्दै आफुहरुले पनि पाठ सिकेको र यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् ।

  • Related Posts

    माइक्रोसफ्ट विन्डोज किन हटाउदैछ ?

    काठमाडौँ । फ्रान्सले आफ्नो डिजिटल संरचनामा ठूलो परिवर्तनको योजना अघि बढाएको छ । देशले अमेरिकी प्रविधि कम्पनीहरूमा रहेको निर्भरता घटाउँदै आफ्नै डिजिटल प्रणालीमाथि नियन्त्रण बलियो बनाउने लक्ष्य लिएको हो ।…

    सगरमाथाको शिखरसम्म डोरी

    काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न भएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति…

    पहिलो

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ठाकुर पक्राउ-

    • May 18, 2026
    • 42 views
    बैंकिङ कसूर मुद्दाका फरार  प्रतिवादी ठाकुर पक्राउ-

    हातेमालो सहकारीद्वारा कृष्टल तथा गहना निर्माण तालिम सुरु

    • May 18, 2026
    • 10 views
    हातेमालो सहकारीद्वारा कृष्टल तथा गहना निर्माण तालिम सुरु

    हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजना हुदै

    • May 18, 2026
    • 32 views
    हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजना हुदै

    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    • May 18, 2026
    • 30 views
    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

    • May 18, 2026
    • 27 views

    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

    • May 18, 2026
    • 29 views
    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित