डिजिटल सुरक्षा चुनौती: कुकीज सूचना बेवास्ता गर्दा के हुन्छ ?

डिजिटल गोपनीयतामा काम गर्ने संस्था अल एबाउट कुकिजको सन् २०२५ को प्रतिवेदनअनुसार करिब ४६ प्रतिशत मानिसले मात्र इन्टरनेट कुकीज के हो र स्वीकार वा अस्वीकार नगरी वेबसाइट छोड्दा के प्रभाव पर्छ भन्ने बुझ्ने गरेका छन् । यसले डिजिटल सचेतना अझै सीमित रहेको देखाएको छ ।

प्राविधिक भाषामा कुकीज साना पाठ्य डाटा फाइल हुन् । प्रयोगकर्ताले कुनै वेबसाइट खोल्दा उक्त साइटले ब्राउजरमा एउटा फाइल सुरक्षित गर्छ । यसमा प्रयोगकर्ताको रोजाइ, खोज इतिहास र लगइन प्राथमिकता जस्ता जानकारी समावेश हुन्छन्, जसका कारण अर्को पटक वेबसाइट छिटो र व्यक्तिगत रुचिअनुसार खुल्छ ।

पहिलो पक्षका कुकीज: प्रयोगकर्ताले भ्रमण गरेको वेबसाइटले नै बनाउने कुकीज । तेस्रो पक्षका कुकीज: विज्ञापन वा विश्लेषण कम्पनीहरूले ट्र्याकिङका लागि प्रयोग गर्ने कुकीज ।

धेरैजसो प्रयोगकर्ताले हतारमा कुकी सम्बन्धी सन्देशलाई नस्वीकारी वा नसकिने गरी हटाएर ब्राउजिङ जारी राख्छन् । 

तर यसले केही जोखिम निम्त्याउन सक्छ । वेबसाइट अवरुद्ध हुन सक्छ,  कतिपय आधुनिक वेबसाइटले कुकीसम्बन्धी निर्णय नलिँदासम्म सामग्री पूर्ण रूपमा देखाउँदैनन् । अनुभव कमजोर हुन सक्छ, प्रयोगकर्ताको रुचि नबुझ्दा बारम्बार असम्बन्धित विज्ञापन वा समाचार देखिन सक्छ ।

गोपनीयता जोखिम, प्रतिवेदनअनुसार असुरक्षित साइटहरूले प्रतिक्रिया नदिँदा पृष्ठभूमिमा तेस्रो पक्षका कुकीज प्रयोग गर्न सक्छन्, जसले गोपनीयता जोखिम बढाउछ ।

विशेषज्ञहरूले सबै कुकीज अन्धाधुन्ध स्वीकार नगर्न सुझाव दिएका छन् ।

विश्वसनीय वेबसाइटमा मात्र स्वीकार गर्नुहोस्: सुरक्षित संकेत (एचटीटीपीएस) भएका र परिचित साइटमा मात्र अनुमति दिनु उपयुक्त हुन्छ । सार्वजनिक इन्टरनेट प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । क्याफे वा विमानस्थलको सार्वजनिक सञ्जालमा कुकीज स्वीकार गर्दा जोखिम हुन सक्छ । संवेदनशील विवरण जोगाउनुपर्छ । शंकास्पद वेबसाइट देखिएमा सबै अस्वीकार गर्ने विकल्प प्रयोग गर्नु राम्रो हुन्छ । 

समय-समयमा ब्राउजर सेटिङमा गएर कुकी र क्यास मेटाउँदा पुरानो डाटा हटेर ब्राउजिङ सुरक्षित रहन्छ ।

अधिकांश आधुनिक ब्राउजरले तेस्रो पक्षका कुकीज अवरुद्ध गर्ने, स्वचालित रूपमा कुकी मेट्ने तथा वेबसाइटअनुसार अनुमति निर्धारण गर्ने विकल्प दिन्छन् । यसले प्रयोगकर्तालाई आफ्नो डिजिटल गोपनीयता नियन्त्रण गर्न सहयोग पुर्‍याउछ ।

  • Related Posts

    फरेन्सिक विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन मन्त्री पुनको प्रस्ताव

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना…

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २६ वर्षीय…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 53 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 64 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 27 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम