डुम्रे-बेसीशहर सडक दैनिक साढे ६ घण्टा बन्द हुने

तनहुँ । डुम्रे- बेसीशहर सडक दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुले सूचना प्रकाशित गर्दै डुम्रे – बेसीशहर चामे सडक योजना अन्तर्गत डुम्रे वेसीशहर सडक खण्डको भानु नगरपालिकाको ढुकुर्दी क्षेत्र सम्म रोडवे एक्सकाभेसन कार्य गर्नुपर्ने भएकाले सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्य प्रगतिमा सहजीकरणका लागि कार्तिक २४ गते देखि २०८२ मंसिर ५ गतेसम्म दैनिक सडक बन्द गरेर काम गरिने जानकारी दिएको हो । सो समयमा उक्त सडक खण्डको चाम्बास देखि तुरतुरे सम्म सवारी आवागमन बन्द गरी निर्माण कार्य हुने जनाएको छ ।

डुम्रे वेसीशहर सडक खण्डको भानु नगरपालिका स्थित चाम्बास देखि तुरतुरेसम्म कार्तिक २४ गते देखि २०८२ मंसिर ५ गतेसम्म विहान ६:३० बजे देखि ९ बजे सम्म, विहान ११ बजे देखि दिउसो १ बजेसम्म दिउसो र दिउसो २ बजेदेखि ४ बजेसम्म सडक बन्द हुने छ । 

उक्त समयावधिमा तुरतुरे- पालुंगटार- खत्रिटार हुदै विमलनगरको रुट प्रयोग गर्न सकिने प्रशासनले जानकारी दिएको छ । 

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 38 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 28 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 194 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-