ताइवान आसपास चीनले सैन्य अभ्यास गरेपछि अमेरिकाको कडा प्रतिक्रिया

काठमाडौँ । चीनले ताइवान वरपरका क्षेत्रहरूमा सैन्य अभ्यासहरू गरिरहेको विषयमा अमेरिकाले कडा प्रतिक्रिया जनाएको छ । यी सैन्य अभ्यासहरू डिसेम्बर ३१ मा सम्पन्न भएका थिए । 

अमेरिकी विदेश विभागले विज्ञप्ति जारी गर्दै ताइवान र यस क्षेत्रका अन्य पक्षहरूप्रति चीनको सैन्य गतिविधि र भाषाले अनावश्यक रूपमा तनाव बढाइरहेको उल्लेख गरेको छ ।

अमेरिकाले भनेको छ- ‘हामी चीनलाई संयम अपनाउन, ताइवानविरुद्ध सैन्य दबाब बन्द गर्न र यसको सट्टा अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं । संयुक्त राज्य अमेरिकाले ताइवान जलडमरूमा शान्ति र स्थिरतालाई समर्थन गर्दछ र बल प्रयोग गरेर वा जबरजस्ती गरेर वर्तमान स्थितिमा कुनै पनि एकपक्षीय परिवर्तनको विरोध गर्दछ ।’

ताइवानले पनि चीनको सैन्य अभ्यासको कडा विरोध गरेको छ । चीनले यी सैन्य अभ्यासहरूलाई ‘न्याय मिसन २०२५’ नाम दिइएको थियो ।

चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्छ, जबकि ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्दछ ।

  • Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 28 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 27 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 38 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 185 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ