तारकेश्वरले तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने

काठमाडौँ, ९ असार : काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक रु पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ । तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक वर्ष २०८१/८२ देखि मासिक रु पाँच हजार प्रदान गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो । नेपालको संविधानको धारा ३८ र धारा ४२ मा राज्यका निकायमा समान सहभागिता र यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विभेद गर्न नहुने उल्लेख गरिएको छ ।

संविधानले परिकल्पना गरेअनुरुप नगरपालिकाले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको नगरप्रमुख महर्जनले बताउनुभयो । लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकारभएकाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त समाज निर्माण गरिने उहाँको भनाइ छ ।

नगरप्रमुख महर्जनले पिछडिएका, एकल तथा दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समूह, समिति तथा संस्था गठन गरी व्यावसायिक विकास, सीपमुलक तालिमलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 53 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 113 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 131 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 52 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 78 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 58 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते