तिलावे नदी किनारको सार्वजनिक जग्गामा गरिएको घेराबारमा तोडफोड : वृक्षारोपण अभियानमा अवरोध गर्ने दुष्प्रयास-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०५ श्रावण । वीरगंज महानगरपालिका वडा नं. १९ विन्दावासिनी स्थित तिलावे नदीको किनारमा सार्वजनिक जग्गाको संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको घेराबारमा तोडफोड भएको छ। महानगरले हालै गाडेको ८० वटा पोलमध्ये ३४ वटा पोल अज्ञात समूहले ढालेको पाइएको हो ।

महानगरका वातावरण निरीक्षक प्रकाश ऐरको नेतृत्वमा गएको टोलीले स्थलगत निरीक्षणका क्रममा उक्त तोडफोड भएको फेला परेको हो। गत असार महिनामै करिब ७ विघा क्षेत्रफल ओगट्ने उक्त सार्वजनिक जग्गामा वृक्षारोपणको तयारीस्वरूप अहिले ८० वटा पोलले घेराबार गरिएको थियो ।

यसअघि सो क्षेत्रको केही भाग केही व्यक्तिहरूले अनधिकृत रूपमा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएका थिए। ती व्यक्तिहरूकै मिलोमतोमा घेराबार तोडफोड गरिएको हुन सक्ने आशंका गरिएको छ ।

“सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय सुधारका लागि महानगरले सुरु गरेको वृक्षारोपण अभियानमा नियोजित रूपमा अवरोध पुर्‍याइएको देखिन्छ,” वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले भन्नुभयो, “यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन महानगरले स्थानीय प्रशासनमा आवश्यक प्रकृया सहित उजुरी दर्ता गरिसकेको छ ।

”महानगरले तिलावे नदी किनारको सार्वजनिक जमिनमा दीर्घकालीन योजना अनुरूप वृक्षारोपण गरी हरित क्षेत्रको विकास गर्ने तयारी गरेको थियो । सार्वजनिक हितविरुद्ध हुने यस्ता कार्यलाई कुनै हालतमा स्वीकार नगर्ने महानगरले स्पष्ट पारेको छ ।

यस घटनापछि महानगरले स्थायी निगरानी प्रणालीसहित सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गर्ने तयारीसमेत थालेको छ। साथै, नागरिकलाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोगी बन्न र यस्ता गतिविधिको विरोधमा आवाज उठाउन आह्वान गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 178 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 50 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 45 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 41 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 42 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 42 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु