थप ५७ हिमाल आरोहणका लागि खुला

काठमाडौँ । सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ । मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो ।

पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो । सोही अनुरूप पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हिमाल आरोहणका लागि स्वीकृति दिएको हो । यसरी आरोहण खुला गरिएका हिमालमा पाँच हजार मिटरभन्दा माथि छ हजार पाँच सय मिटरसम्म कम उचाइका छन् । विभागले नेपाल पर्वतारोहण संघ (एनएमए)सँगको सहकार्यमा थप हिमाल खुलाइएको हो ।

पर्यटन विभाग निर्देशक राकेश गुरुङले थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा कूल चार सय ६१ हिमाल आरोहणका लागि खुला भएको बताए । थप हिमाल खुलेसँगै पर्वतीय पर्यटनमा सकारात्मक सन्देश गएको उनको भनाइ छ ।

एनएमएका अध्यक्ष निमानुरु शेर्पाले हिमाल खुलाउने निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए । “हिमाल खोल्नु भनेको नयाँ गन्तव्य विकास हुनु हो,” उनले भने “नेपालमा दुई हजार भन्दा बढी आरोहण योग्य हिमाल छन् तिनलाई क्रमशः आरोहणका लागि खुलाउँदै जानुपर्छ ।”

अध्यक्ष शेर्पाले सकेसम्म आरोहण योग्य हिमाल खुलाएर बढीभन्दा बढी पर्यटक आकर्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए । उनले आरोहणका लागि खुला गरिएका हिमालसम्म सम्पर्क सञ्जालका लागि पूर्वाधार विस्तालगायतका काम पनि सँगै अघि बढाइनुपर्ने सुझाव दिए । आरोहण योग्य हिमाल क्रमशः खुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 21 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 22 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 20 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 31 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 26 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 20 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का