कावासोती , अविरल वर्षासँगै खसेको पहिराको कारण अवरुद्ध रहेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड सुचारु भएको छ ।
नारायणघाट बुटवल सडक योजनाले शनिबार बिहानदेखि पहिरो हटाएर सडक सुचारु भएको जानकारी दिएका छन।
विनयी त्रिवेणी गाउँपालिका २, स्थित पैसठ्ठी मोड नजिक पहिरो खसेपछि शुक्रबार दिउसोबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
पानी परेपछि बिहीबार बिहानैदेखि दाउन्ने सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको थियो । बाटो चिप्लो भएका कारण सवारी सहज रुपमा सञ्चालनमा आउन सकेका थिएनन् । शुक्रबार दिउसो पहिरो खसेपछि भने राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
अहिले पनि बाटो चिप्लो रहेकाले आफ्नो लेनबाट लामबद्द भएर मात्रा सवारी साधन सन्चालन गर्न सडक योजनाले अनुरोध गरेको छ ।








